अनामनगर क्षेत्रमा किन २४ सैं घण्टा पानी ? हेरौं केयूकेएलका सिईओको प्रष्टीकरण

काठमाडौ : काठमाडौको अनामनगर क्षेत्रमा केयूकेएलले २४ सैं घण्टा पानी वितरण गर्न थालेको छ । आयोजना कार्यान्वयन निर्देशनालय (पिआईडी) ले विछ्याएका नयाँ पाइपलाईन मार्फत नयाँ धारामा र केयूकेएलका पुरानै उपभोक्ता गरी करिब १५ सय धारामा २४ सैं घण्टा पानी वितरण गर्न थालेको हो । कतिपय उपभोक्तालाई लाग्न सक्ला ? हाम्रो क्षेत्रमा कम पानी, अनामनगरमा चाहिं किन २४ सैं घण्टा ?

केयूकेएलका प्रमुख कार्यकारी अधिकृत मिलन कुमार शाक्य ‘पाइलट प्रोजेक्ट’ का रुपमा अनामनगर क्षेत्रमा २४ घण्टा नै पानी दिन थालिएको बताउनुहुन्छ । उहाँका अनुसार त्यस क्षेत्रमा २४ घण्टा नै पानी दिएर लिकेजको समस्या, उपभोक्ताको पानी उपयोग गर्ने प्रवृत्ति लगायतको अध्ययन गरिनेछ ।

हेरौ यो भिडियो :


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार