मेलम्चीको पानी : कतै ड्याम, कतै सुक्खाराम, नयाँ धारा जडान गर्न के गर्ने ? केयूकेएलका सिईओ मिलन शाक्यका कुरा सुनौं

काठमाडौ : काठमाडौ उपत्यकामा मेलम्चीको पानी वितरण गर्न थालेको दुई हप्ता पुगेको छ । काठमाडौ उपत्यकामा चैत्र १५ गते पहिलो दिन ४ करोड लिटर पानी वितरण गरिएको थियो । त्यसपछि साढे ६ करोड लिटर हुँदै अहिले दैनिक साढे ८ करोड लिटर वितरण गरिरहेको काठमाडौ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले जनाएको छ ।

काठमाडौमा वितरण गर्ने भनिएको १७ करोड लिटर पानी वितरण नहुँदै कतै कतै खोला नै बग्न थालेको छ भने कतै अहिलेसम्म पनि पानी पुगेको छैन । केयूकेएलले खुमलटार, मीनभवन, महांकालचौर, अनामनगर र बालाजु तथा बाँसबारी स्थित रिजर्भ्वायर ट्याङ्कबाट पानी वितरण भईरहेको बताए पनि सेवा क्षेत्रमा अझै पानी नआएको गुनासा आईरहेका छन् ।

यसै सन्दर्भमा हामीले काठमाडौ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) का प्रमुख कार्यकारी अधिकृत मिलन कुमार शाक्यसँग काठमाडौ उपत्यकामा खानेपानी वितरणमा आएको समस्या, समाधानका लागि भईरहेको प्रयास, खानेपानी नपुगेको क्षेत्रमा पानी वितरण गर्ने केयूकेएलको योजना र नयाँ घरमा धारा जडानको प्रक्रिया लगायतका बिषयमा कुराकानी गरेका छौं ।

हेरौं केयूकेएल का प्रमुख कार्यकारी अधिकृत शाक्यसँग गरिएको कुराकानी

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार