सीमापार पानी उपयोगको बिषयले प्रदेश – प्रदेश बीच विवाद हुन सक्छ : पूर्व उपाध्यक्ष देवकोटा (भिडियो)

काठमाडौ : राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. दिनेशचन्द्र देवकोटाले सीमापार पानीे उपयोगको बिषयलाई नीतिगत रुपमा सम्बोधन नगरिए एउटा प्रदेश र अर्को प्रदेश बीच ठूलो झगडा हुन सक्ने सम्भावना औल्याउनुभएको छ । पानी सम्बन्धी केही समय अघि काठमाडौमा भएको कार्यक्रममा उहाँले भन्नुभयो ‘एउटा प्रदेशबाट अर्को प्रदेशमा डाइभर्सन प्रोजेक्टहरु बनाउँदा कसरी स्रोतको बाँडफाँट हुन्छ भन्ने कुराहरुलाई समयमै मार्ग निर्देश गर्न सक्ने गरी फर्मुलाहरु डेभलप गरेर काम गरेनौं भने पानीको कुरालाई लिएर प्रदेश र प्रदेश बीच विवाद भै डरलाग्दो परिस्थिति सिर्जना हुन सक्छ ।’

‘डाईभर्सन प्रोजेक्टहरु बनाउँदा कालीगण्डकीको पानी लुम्बिनी प्रदेशतिर ल्याउनुपरे के गर्ने ? फेरि भेरीको पानी कर्णालीबाट लुम्बिनी प्रदेशतिरै आउने होला ? यस्ता कुराहरु कसरी सुल्झाउने ?’ उहाँले प्रश्न गर्दै भन्नुभयो ।

कार्यक्रमको मञ्चमा बसिरहेका खानेपानीमन्त्री मणिचन्द्र थापा र खानेपानी सचिव माधव बेल्बासेको ध्यानाकर्षण गर्दै उहाँले यस्ता बिषयको निरुपण चाँडै नभए कालान्तरमा विकराल अवस्था सिर्जना हुने बताउनुभयो ।

उहाँले खानेपानी र सरसफाइ योजना कोभिडका कारण पुनरावलोकन गर्नुपर्ने, खानेपानी र सरसफाइ क्षेत्रको बजेट बढाउनुपर्ने, खानेपानी र सरसफाइ क्षेत्रको संस्थागत क्षमता अभिबृद्धि गर्नुपर्ने, खानेपानी र सरसफाइ क्षेत्रको लक्ष्य हासिल गर्न बजेट अपुग रहेको यसको परिपूर्तिका लागि अतिरिक्त स्रोतको खोजी गर्नुपर्ने जस्ता खानेपानी र सरसफाइका विविध सवाल समेत उठान गर्नुभएको छ ।

हेरौं यो भिडियो :


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार