यस्तो शौचालय, जहाँ दिसापिसाब गर्नेको भन्दा हेर्नेको लाइन हुन्छ (भिडियो रिपोर्ट)

काठमाडौ : नेपालमा स्मार्ट शौचालय निर्माणको क्षेत्रमा काम गरिरहेको एरोसान हव केही समय अघि संयुक्त राष्ट्र संघले पुरस्कृत गर्‍यो । दिगो विकास लक्ष्य २०२० अन्तर्गत विज्ञान, प्रविधि र नवीनता United Nations Science; Technology & Innovation (UN STI) call for Innovations पुरस्कारबाट स्मार्ट नमुना सार्वजनिक शौचालयका लागि पुरस्कृत गरिएको हो । सार्वजनिक शौचालयको क्षेत्रमा कार्यरत संसारभरका १ हजार प्रतिस्पर्धी मध्येबाट एरोसान हब उत्कृष्ट भएको थियो ।

संयुक्त राष्ट्र संघले समेत पुरस्कृत गरेको एरोसानाले बनाएका शौचालयहरु कस्ता छन् ? हामी यसबारे देखाउँदैछौं ।

हेर्नुहोस् यो भिडियो :

एरोसान हवद्वारा सञ्चालित सार्वजनिक शौचालय अत्याधुनिक, स्वच्छ, महिलामैत्री, अपाङ्गतामैत्री र समुदायमा आधारित छ । उक्त शौचालयहरुमा महिलाहरुको लागि स्वचालित मेसिनबाट स्यानिटरी प्याड किन्ने व्यवस्था गरिनुका साथै प्रयोग भएको प्याडको व्यवस्थापनका लागि प्याड जलाउने मेसिन पनि जडान गरिएको छ । यस्तै बालबालिकाहरुको डाइपर फेर्ने ठाउँ पनि शौचालय भित्रै पाउन सक्नुहुन्छ ।

स्मार्ट शौचालयमा सरसफाइका लागि आकाशे पानी संकलन गरी प्रयोग गरिएको छ । शौचालयबाट निस्कने ठोस तथा तरल फोहोरलाई ढलमा नफाली उर्जाको रुपमा वाँयोग्यास निर्माण गरिएको छ भने फोहोर पानीलाई प्रशोधन गरी पुनःप्रयोग गरिएको छ ।

एरोसानले काठमाडौं महानगरपालिका र ललितपुर महानगरपालिकामा नयाँ स्मार्ट शौचालय निर्माण गरेको छ । यस्तै रत्नपार्क, नयाँ बानेश्वर, बुद्धपार्क र मंगलबजारमा भएका पुराना सार्वजनिक शौचालयको पुनःनिर्माण गरी हाल ४ वटा नमुना सार्वजनिक शौचालय संचालनमा ल्याईसकेको छ भने त्रिपुरेश्वर र पाटन ढोकामा यही वर्ष बाट सञ्चालनमा ल्याउने गरी काम भईरहेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार