खानेपानी र स्वास्थ्य क्षेत्रको सहकार्य, पानीजन्य रोग फैलिन नदिन अपरिहार्य : डा. पन्थी (भिडियो)

काठमाडौ : सन् २०१४ मा विराटनगरमा हेपाटाईटिसका विरामी देखिए । हेपाटाईटिसबाट त्यत्तिबेला विराटनगरका मात्र १ हजार भन्दा बढी अस्पतालमा भर्ना भएका थिए । तर विराटनगरसँगै जोडिएको मानघढमा भने कोही पनि विरामी भएनन् ।

‘मानघढ खानेपानी आयोजनाले खानेपानी सुरक्षा योजना र खानेपानी गुणस्तर निगरानी कार्यान्वयन गरेकाले कोही पनि विरामी नपरेको तथ्य खुल्यो ।’ विश्व स्वास्थ्य संगठन (WHO) का नेशनल प्रोफेसनल अफिसर डा. सुदन पन्थी भन्नुहुन्छ ‘जसले गर्दा खानेपानी सुरक्षा योजना र खानेपानी गुणस्तर निगरानीको महत्व उजागार गरिदियो ।’

त्यसताका खानेपानी र स्वास्थ्य क्षेत्रको सहभागितामा मानघढका बासिन्दालाई हेपाटाईटिसबाट बचाएको उहाँको अनुभव छ । यस्तै भूकम्पकै बेला पनि विभिन्न महामारी फैलिने सम्भावनाको अड्कलबाजी बीच खानेपानी र स्वास्थ्य क्षेत्रको सहकार्यका कारण त्यस्तो कुनै पनि महामारी नफैलिएको उहाँको भनाइ छ । काठमाडौमा केही समय पहिले भएको खानेपानी र सरसफाइ सम्बन्धीको कार्यक्रममा ‘Progress towards Water Quality Surveillance in Nepal’ बिषयमा आफ्नो प्रस्तुतीकरण मार्फत डा. पन्थीले नेपालको संविधानमा खानेपानी र सरसफाइलाई मौलिक हकको रुपमा राखेपनि संयुक्त राष्ट्र संघले भने खानेपानी र सरसफाइको बिषयलाई मानवअधिकारको रुपमा राखिएको स्मरण गराउनुभयो ।

‘यु.एन. ले खानेपानी र सरसफाइ नै दिन सकेनौं भने अरु मानव अधिकारको कुरै नगरे हुन्छ भनेको छ’ उहाँले स्मरण गराउनुभयो ।

हेरौं डा. पन्थीले गर्नुभएको प्रस्तुतीकरण :

विश्व स्वास्थ्य संस्थाले खानेपानीको मापदण्ड बनाउँदैन

विश्व स्वास्थ्य संगठनले खानेपानी गुणस्तर मापदण्ड नबनाउने बरु खानेपानी गुणस्तरका लागि गाईडलाइन बनाउन थालेको उहाँले जानकारी गराउनुभयो । ‘सन् १९५८ – १९७१ सम्म अन्तराष्ट्रिय खानेपानी गुणस्तर मापदण्ड बनेको थियो । त्यसलाई डब्लु. एच. ओ. स्टाण्डर्ड पनि भनिन्थ्यो । अब त्यो डब्लु एच ओ स्टाण्डार्ड रहेन । डब्लु एच.ओ.ले १९९४ देखि खानेपानी गुणस्तरका लागि गाईडलाइन बनाउन थाल्यो’ उहाँले भन्नुभयो ।

पहिलो संस्करण, दोस्रो संस्करण हुँदा हुँदा तेस्रो संस्करण २००४ तथा चौथो संस्करण २०११ मा यो गाईडलाइनमा अर्को एप्रोच पनि थपिएको र त्यो भने खानेपानी सुरक्षा योजना रहेको उहाँले स्पष्ट पार्नुभयो ।

यस्तै खानेपानी सुरक्षा योजनासँगै राष्ट्रिय खानेपानी गुणस्तर निगरानी पनि कार्यान्वयनमा रहेको छ । खानेपानी गुणस्तर निगरानीले खानेपानी सुरक्षा योजनामा के भईरहेको छ ? खानेपानी सुरक्षा योजनाको अनुगमन भईरहेको छ कि छैन भनेर क्रस चेक गरेर पृष्ठपोषण दिने काम गर्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार