भूमिगत पानीको पुनर्भरण : माटो र चट्टानको प्रकृति अनुसारको प्रविधि अपनाउनुपर्ने

काठमाडौ : त्रिभुवन विश्वविद्यालयका भूगर्भशास्त्र विभागका सह प्राध्यापक डा मोतिलाल रिजालले भूमिगत पानीको पुनर्भरणका लागि माटो र चट्टानको प्रकृति अनुसारको प्रविधि अपनाउनुपर्ने बताउनुभएको छ । काठमाडौमा केही समय पहिले भूमिगत पानीको पुनर्भरण सम्बन्धी कार्यक्रममा ‘भूमिगत पानी पुनर्भरण : अहिले हामी कहाँ छौँ ?’ भन्ने विषयमा अनुसन्धानमूलक कार्यपत्र पेश गर्दै उहाँले भूगर्भमा रहेका माटो र चट्टानको प्रकृति अनुसार जमिनको पानी सतह मुनि जाने भएकाले भूमिगत पानीको पुनर्भरण गर्दा पनि सोही अनुसारको प्रविधि अपनाउनुपर्ने बताउनुभयो ।

‘कहीँ चट्टानको प्रकृति अनुसार पानी माथिल्लो सतहमा फिजिएर बसेको छ । जसलाई स्यालो ट्युबवेलबाट सहजै निकाल्न सकिन्छ । कतै चाहिं चट्टान छेडेर भित्रसम्म पसेको छ त्यस्तो पानीलाई डिप बोरिङ गर्नुपर्ने हुन्छ’ उहाँले भन्नुभयो ।

हेरौं सह प्राध्यापक डा. मोतिलाल रिजालले गर्नु भएको प्रस्तुतीकरण : 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार