शहरव्यापी समावेशी सरसफाइ निर्देशिकाबारे सरोकारवालाको धारणा : के भन्छन् विज्ञ ? (भिडियो सहित)

काठमाडौ : दिसाजन्य लेदोको दिगो व्यवस्थापनका लागि खानेपानी मन्त्रालयले तयार पारेको शहरव्यापी समावेशी सरसफाइ निर्देशिका (Citywide Inclusive Sanitation Guideline) प्रति वास क्षेत्रका विज्ञहरुले आ–आफ्नो धारणा राखेका छन् । निर्देशिकाबारे सरोकारवालाको धारणा संकलन गर्न आयोजित परामर्श एवं छलफल कार्यक्रममा वास क्षेत्रका अधिकांश विज्ञहरुले यसलाई पूर्ण सरसफाइ गुरुयोजना सँग समाहित गरेर लैजानु पर्ने बताएका छन् ।

वास क्षेत्रका विज्ञहरुले यस्तो धारणा राखेपनि पूर्ण सरसफाइ गुरुयोजना निर्माणको प्रक्रिया भने थालनी भएकै छ्रैन । २०७६ साल चैत्रमा लकडाउन हुनु अघि गुरुयोजना निर्माण गर्ने बारेको छलफलमा सात वटै प्रदेशमा विज्ञ सहितको कार्यशाला गोष्ठी आयोजना गर्ने निष्कर्षमा पुगे पनि हाल सम्म उक्त कार्यक्रम हुन सकेकै छैन । कोरोना महामारी अझै नियन्त्रण भई नसकेकाले पूर्व निर्धारित कार्यशाला कहिले हुने र पूर्ण सरसफाइ गुरुयोजना कहिले बन्ने भन्ने अझै अनिश्चित छ ।

तर खुला दिसामुक्त नेपाल घोषणा भए पश्चात चर्पीको सेफ्टिक ट्याङ्कमा जम्मा भएको दिसाजन्य लेदोको दिगो व्यवस्थापन गर्ने प्रयोजनले तयार पारिएको ‘शहरव्यापी समावेशी सरसफाइ निर्देशिका’ लाई भने पूर्ण सरसफाइ गुरुयोजना सँग मिलाएर लैजानुपर्ने विज्ञको सुझाव छ ।

आफ्नो सुझाव प्रस्तुत गर्दै पूर्वाधार विभागका सिनियर डिभिज्नल इञ्जिनियर महेश्वर घिमिरे : 

‘शहरव्यापी समावेशी सरसफाइ निर्देशिका’ बारे युएन ह्याबिट्याटकी कार्यक्रम व्यवस्थापक सुधा श्रेष्ठको धारणा भने यस्तो छ :

यस्तै निर्देशिका बारे डब्लु.एच.ओ. का नेश्नल प्रोफसनल अफिसर डा.सुदन पन्थी भन्नुहुन्छ :

 

निर्देशिका बारे युनिसेफका वास विज्ञ सिद्धि श्रेष्ठको धारणा पनि हेरौं 

 

खानेपानी तथा सरसफाइ विशेषज्ञ सञ्जय अधिकारी वास क्षेत्रका लागि यो निर्देशिका अति उत्कृष्ट रहेको बताउनुहुन्छ :

 

निर्देशिकाबारे आफ्नो धारणा प्रस्तुत गर्दै अञ्जली श्रेष्ठ : 

 

निर्देशिका आगामी डिसेम्बर भित्रै स्वीकृत हुने

 

खानेपानी मन्त्रालयले तयार पारेको यो निर्देशिका आगामी डिसेम्बर भित्रै स्वीकृत गराई कार्यान्वयनमा लैजाने मन्त्रालयको योजना छ । खानेपानी मन्त्रालय, खानेपानी तथा ढल व्यवस्थापन विभाग, नेपाल नगरपालिका संघ र वाटर एडका प्रतिनिधि सम्मिलित प्राविधिक टोलीले तयार पारेको निर्देशिकालाई अब अर्को चरणमा स्थानीय तथा प्रदेश सरकारको नेतृत्व तह र विषय विज्ञसँग छलफल गर्नेछ । छलफलबाट प्राप्त सुझावहरुलाई समेटेर अन्तिम रुप दिएपछि मन्त्रालयले स्वीकृतिका लागि अगाडि बढाईने खानेपानी मन्त्रालयका सिनियर डिभिज्नल इञ्जिनियर योगेन्द्र चित्रकारले जानकारी दिनुभयो ।

निर्देशिकालाई पूर्णता दिने क्रममा खानेपानी मन्त्रालयले आइतबार वास क्षेत्रका विज्ञ तथा सरोकारवालाहरुसँग छलफल गरेको हो । छलफलबाट प्राप्त सुझावलाई समेटेपछि यसलाई स्थानीय तथा प्रदेश सरकारको नेतृत्व तह र विषय विज्ञसँग छलफल गरिने सिडिई चित्रकारले बताउनुभयो ।

उहाँले खुला दिसामुक्त अवस्थाको दिगोपना र पूर्ण सरसफाइको अबको बाटो पहिल्याउन र सुरक्षित रुपमा व्यवस्थित समावेशी सरसफाइका लागि सरसफाइ क्षेत्रको क्षमता अभिबृद्धि गर्न शहरव्यापी समावेशी सरसफाइ निर्देशिका निर्माण गर्नुपरेको जानकारी गराउनुभयो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार