काठमाडौ : खानेपानी तथा ढल व्यवस्थापन विभागका उपमहानिर्देशक सूर्यराज कँडेलले सेप्टिक ट्याङ्क र फोहोर पानी प्रशोधन प्रणाली दुवै बनाउने काम प्राविधिक दृष्टिकोणबाट गलत भएको र यसलाई सुधार गर्नुपर्ने बताउनुभएको छ ।
काठमाडौमा आयोजित शहरव्यापी समावेशी सरसफाइ निर्देशिकाको मस्यौदा माथिको छलफल कार्यक्रममा उहाँले ठूला शहरहरुमा वेस्ट वाटर सिस्टमहरु विकास गर्दै गएपनि नयाँ बन्ने घरहरुमा सेप्टिक ट्याङ्क पनि अनिवार्य बनाउनुपर्ने नियमले दोहोरो खर्च भईरहेको बताउनुभयो । ‘सेप्टिक ट्याङ्क पनि बनाउने, वेस्ट वाटर सिस्टम पनि बनाउने, यो प्राविधिक हिसाबले ठीक होइन कि ? हामीले वेस्ट वाटर सिस्टम भएको ठाउँमा किन सेप्टिक ट्याङ्क बनाउने ? डबल खर्च किन गराईराख्ने ?’ उहाँले भन्नुभये ।
उपमहानिर्देशक कँडेलले हाम्रा आवश्यकताहरु के हुन् ? भन्ने कुरालाई छुटाएर यस्ता कुराहरुलाई निर्देशिकाले नै निर्देशित गर्नुपर्ने बताउनुभयो । ‘अहिले जहाँ पनि के देख्छु हरेक घरले सेफ्टिक ट्याङ्क अनिवार्य, त्यहाँ वेस्ट वाटर सिस्टम होस् वा नहोस् त्यो सँग कुनै सरोकार छैन । हाम्रा नीति नियमहरु, हाम्रा आवश्यकताहरु के हुन् भन्ने कुरा यीनै गाईडलाइनहरु हुन्’ उहाँले भन्नुभयो ।
हेर्नुहोस् यो भिडियो :


1014 पटक हेरिएको 

