स्मार्ट टोईलेट : दिसाजन्य लेदो व्यवस्थापनको उत्कृष्ट नमुना, ८० प्रतिशत पानीको पुनः प्रयोग (भिडियो)

काठमाडौ : विश्व पानी महोत्सवका अवसरमा केही समय अघि स्विडेनमा भएको एक अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा काठमाडौंको स्वयम्भूमा निर्मित एरोसन ट्वाइलेट उत्कृष्ट १० मा पर्न सफल भयो । ‘सीवी वर्ल्ड वाटर विक’ नाम दिइएको महोत्सवमा सञ्चालित ‘सरफाती सेनिटेसन च्यालेन्ज’ सत्रमा विश्वभरबाट निवेदन दिइएका ८० सरसफाइ संस्था मध्येबाट एरोसन ट्वाइलेट उत्कृष्ट १० वटा छानिएको थियो ।

एरोसन ट्वाइलेट नाम दिइएको स्वयम्भुको ट्वाइलेट पार्कलाई यसअघि संयुक्त राष्ट्रसंघले पनि सन् २०२० मा बनेका सार्वजनिक शौचालय मध्येमा उत्कृष्ट ठहर गरेर दिगो विकास अवार्ड प्रदान गरेको थियो । दिगो विकास लक्ष्य २०२० अन्तर्गत विज्ञान, प्रविधि र नवीनता United Nations Science; Technology & Innovation (UN STI) call for Innovations पुरस्कारबाट स्मार्ट नमुना सार्वजनिक शौचालयका लागि पुरस्कृत गरिएको थियो । त्यसबेला पनि सार्वजनिक शौचालयको क्षेत्रमा कार्यरत संसारभरका १ हजार प्रतिस्पर्धी मध्येबाट एरोसान हब उत्कृष्ट भएको थियो ।

विश्मै उत्कृष्ट टप टेनमा पर्न सफल एरोसन शौचालयका विशेषताहरु मध्ये एउटा विशेषता हो, शौचालयमा प्रयोग हुने पानी खेर नजाने । शौचालयमा प्रयोग भएका ८० प्रतिशत पानी पुनः शौचालयमै प्रयोग गरिन्छ । अर्थात दिसा पखालेको पानी विभिन्न माध्यमबाट प्रशोधन भएर ट्याङ्कीमा जम्मा हुन्छ र सोही पनि ओभरहेड ट्याङ्कमा जम्मा गरी फेरि फ्लस गर्न प्रयोग गरिन्छ । आज यही बारेमा देखाउँदैछौं ।

हेर्नुहोस् यो भिडियो

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार