विश्वको टप फाइभमा परेको नेपालको टोइलेट, जहाँ फ्लस गरेको पानी पुनः प्रयोगमा आईरहन्छ (भिडियो वार्ता)

काठमाडौ : विश्व पानी महोत्सवका अवसरमा स्विडेनमा भएको एक अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा काठमाडौंको स्वयम्भूमा निर्मित एरोसन ट्वाइलेट उत्कृष्ट १० बाट पनि छानिएर शीर्षस्थ पाँच भित्र प्रवेश गरेको छ । ‘सीवी वर्ल्ड वाटर विक’ नाम दिइएको महोत्सवमा सञ्चालित ‘सरफाती सेनिटेसन च्यालेन्ज’ सत्रमा विश्वभरबाट निवेदन दिइएका ८० सरसफाइ संस्था मध्येबाट एरोसन ट्वाइलेट उत्कृष्ट १० मा छानिएको थियो । एरोसान टोइलेटले उत्कृष्ट १० बाट पनि उत्कृष्ट पाँचमा प्रवेश पाएको छ । अन्य प्रतिस्पर्धीहरुमा अमेरिका, स्विट्जरल्याण्ड, घाना, र जोर्डन बाट छन्। फाइनल पाँचमा प्रवेश पाएकाहरु मध्येबाट आगामी नोभेम्बर महिनामा बिजयी घोषणा हुनेछ ।

विश्मै उत्कृष्ट टप फाइभमा पर्न सफल एरोसन शौचालयका विशेषताहरु मध्ये एउटा विशेषता हो, शौचालयमा प्रयोग हुने पानी खेर नजाने । शौचालयमा प्रयोग भएका ८० प्रतिशत पानी पुनः शौचालयमै प्रयोग गरिन्छ । अर्थात दिसा पखालेको पानी विभिन्न माध्यमबाट प्रशोधन भएर ट्याङ्कीमा जम्मा हुन्छ र सोही पनि ओभरहेड ट्याङ्कमा जम्मा गरी फेरि फ्लस गर्न प्रयोग गरिन्छ । आज यही बारेमा देखाउँदैछौं ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार