थिमीका मेयर मदन सुन्दर श्रेष्ठको आग्रह : मास्क र दशैंलाई सँगसँगै लिएर जाऔं

काठमाडौ : ‘आफूले लगाएको मास्कले आफ्नो रक्षा त गरेकै हुन्छ नै, अरुको ज्यान जोगाउन पनि सहयोगी बन्छ ।’ यी तथ्यबारे यथेष्ट जानकारी भए पनि तपाई हामी मध्ये कतिले मास्कको प्रयोगमा त्यत्ति ख्याल गरेको पाउँदैनौं ।

कोरोना संक्रमण रोकथामका उपायहरु मध्ये मास्क सजिलो, किफायती र प्रभावकारी विधि मानिदै आएको छ । हामीले लगाउने १० रुपैयाँको मास्कले कोरोना जस्तो महामारीबाट जोगाउँछ भने किन नलगाउने ? यो कुरा हामीले सदैव ख्याल राख्नुपर्ने भएको छ ।

दशैं जस्तो चाडपर्वमा चाहेर पनि भौतिक दुरी कायम गर्न त्यत्ति सम्भव छैन । बजारमा किनमेल गर्नेको भींड छ । यस्तै शहरबाट गाउँ फर्किनेको ताँती छ । सार्वजनिक सवारी टनाटन भरिएका छन् । तर हामीले मास्कको सही प्रयोग त गर्न सक्छौं नि ? भक्तपुरको मध्यपुर थिमी नगरपालिकाका मेयर मदन सुन्दर श्रेष्ठ कोरोना संक्रमणबाट जोगिन मास्कको प्रयोगबारे बताउँदै हुनुहुन्छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार