काठमाडौ : बजारमा भईरहेको भीडभाड र जनस्वास्थ्यको मापदण्ड नअपनाएको देखेर जनस्वास्थ्य क्षेत्रका विज्ञहरु पनि चिन्तित बनेका छन् । केही हदसम्म साम्य भएको कोरोना महामारी बजारमा भएको भीडभाडकै कारण पुनः फैलने प्रति जनस्वास्थ्यविद चिन्तित बनेका हुन् ।
नेपालमा अधिकांश जनसंख्याले कोरोना विरुद्धको खोप लगाउन पाएका छैनन् । खोप लगाउन नपाएका समूह सधैं जोखिममा रहने भएकाले जनस्वास्थ्यका मापदण्डहरु अपनाउनै पर्ने बताउनुहुन्छ जनस्वास्थ्य संघका केन्द्रिय उपाध्यक्ष कृष्णमान श्रेष्ठ ।


748 पटक हेरिएको 

