महासंघ अध्यक्ष लामाको चेतावनी : तपाईको सानो हेल्चेक्र्याईले भयावह स्थिति पैदा नहोस् (भिडियो)

काठमाडौ : हिन्दु धर्मावलम्बीहरुको महान चाड बडादशैंको आज फूलपाती । यस बर्षको दशैं कोरोना सँगसँगै सतर्कताका उपायहरु अबलम्बन गर्दै मनाउनुपर्ने भएको छ । किनकि गत साल जस्तो कोरोना महामारी तीब्र गतिमा फैलिइरहेको अवस्था पनि छैन र अघिल्ला बर्षहरुमा जस्तो खुला वातावरण पनि छैन ।

गत बर्षभन्दा कोरोना केहीहदसम्म मत्थर भए पनि पूर्ण रुपमा निर्मूल नभईसकेकाले सतर्कता अपनाउँदै दशैं, तिहार, छठ, नेपाल संवत लगायत चाडबाड मनाउनुपर्ने बाध्यत्मक अवस्था छ । यस्तो बेला एक जना व्यक्तिले गरेको सानो हेल्चेक्र्याई पनि जनस्वास्थ्यका लागि घातक बन्न सक्छ । दशैं, तिहार, छठ र नेपाल सम्बत लगायत चाडपर्वहरुको उपलक्ष्यमा शुभकामना व्यक्त गर्दै गैरसरकारी संस्था महासंघ नेपालका अध्यक्ष जीतराम लामाको आग्रह छ ‘तपाईको सानो हेल्चेक्र्याईले भयावह स्थिति पैदा नहोस् ।’

हेरौं पूरा भिडियो :


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार