फोहोर व्यवस्थापन गर्न सक्छौं, तर त्यसका लागि स्रोतमै वर्गीकरण गर्नुपर्छ : सरसफाइ शाखा प्रमुख श्रेष्ठ (भिडियो)

काठमाडौ : खानेपानी तथा ढल व्यवस्थापन विभाग, ढल व्यवस्थापन तथा वातावरणीय सरसफाइ शाखाका प्रमुख प्रभात श्रेष्ठले फोहोरलाई स्रोतमै वर्गीकरण गरे मात्र फोहोर व्यवस्थापनको काम सम्भव हुने बताउनुभएको छ । ‘काठमाडौको फोहोर व्यवस्थापन विषयक अन्तरक्रिया’ मा उहाँले फोहोरको व्यवस्थापन सुरुवातबाटै गर्नुपर्ने र त्यो भनेको यसको वर्गीकरण नै रहेको बताउनुभयो । जबसम्म कुहिने र नकुहिने फोहोरलाई अलग अलग ठाउँमा राखेर छुट्याउँदैनौं, तबसम्म फोहोर व्यवस्थापन कार्य चुनौतीपूर्ण हुने उहाँको भनाइ छ ।

‘किचन तथा अन्यत्रबाट निस्कने फोहोरहरु, सेग्रिगेसन नगरेर, जथाभावी फालेका कारण त्यसको व्यवस्थापन राम्रोसँग गर्न सकेका छैनौं ।’ उहाँले भन्नुभयो ‘हामीले सेग्रिगेसन गरेको भए त्यसको व्यवस्थापन गर्न चाहिं राम्ररी सक्थ्यौं, त्यो सबै हामीलाइ थाहा छ तर हामीले गरिरहेका छैनौं ।’

विस्तृतमा हेर्नुहोस् यो भिडियो : 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार