भाइरासुर र जीवन प्यारीको झगडामा भाइरासुरको हार (भिडियो)

वीरबल : ए दिदी, भाइरासुर र जीवनप्यारीको स्मार्ट गफ सुन्नुभएको छ ।
चम्सुरी : छैन के हो त्यो भनेको के हो र ?
वीरबल : सुन्ने हो त ?
चम्सुरी : हो नि ।
वीरबल : ल सुनौं ।

भाइरासुर : यो जीतमेरै हो..यो जीत मेरै हो….हाहा

जीवनप्यारी : म पनि के मा कम छु नि पाखुरीमा दम छ नि ।

भाइरासुर : तैँले के गर्न सक्छस् र विश्वमा तहल्का मच्चाउन सक्ने मेरो शक्तिको सामु ?

जीवनप्यारी :  मेरो शक्ति नै संक्रमणको जोखिम न्यूनीकरण हो नि ।

भाइरासुर : त्यो शक्तिको के लाग्छ भिडभाडमा मास्क नलगाई हिड्ने, लगाएको मास्कको बारम्बार छुने, मास्क चिउँडो र नाकमुनि लगाउने, आफुले प्रयोग गरेको मास्क अरुलाई प्रयोग गर्न दिएपछि । महंगो मास्क ।

जीवनप्यारी : कोरोना लागेर उपचारका लागि अस्पतालमा बेड नपाएको र लाखौं खर्च गर्दा पनि बचाउन नसकेको– त्यो चाहिं सित्तैमा हो त ?अहिले त स्मार्ट मानिसले उचित तरिकाले मास्क प्रयोग गर्न थालिसके । मास्क लगाउनु अघि र खोल्नु अघि साबुनपानीले हातधुने, नाक, मुख र चिउँडो पूर्ण रुपमा ढाक्ने, कानतिरको दुबै भागको डोरीमा समाइ मास्क निकाल्ने, प्रयोग गरेको मास्कलाई हावा नपस्ने झोला वा डस्टबिनमा फाल्ने गरी उचित व्यवहार अपनाइसके ।

भाइरासुर : एउटै मास्क फोहोर हुने गरि लगाए पछि,बारम्बार छोइरहेपछि, म फेरी पनि आइहाल्छु नी ।
जीवनप्यारी ओहो१ कति न बाठा ेठानेको आफूलाई । स्मार्ट मानिसहरुलाई थाहा छ, प्रयोग भएको मास्कलाई कसरी व्यवस्थापन गर्नु पर्छ भनेर ।

भाइरासुर :  स्मार्ट मास्कको अगाडि मेरो के लाग्छ र ? यो हार मेरै हो ।

………………………………………………………………….

वीरबल : सुन्नुभयो त दिदी । भाइरासुर र जीवनप्यारीको स्मार्ट गफ ।

चम्सुरी :  सुने । कोरोनाबाट बच्न आफ्नो दायित्व पूरा गर्नु पर्छ है । मास्क लगाई सुरक्षित बस्नुपर्छ । ल हिँड बरु बजार जानु छ, तयार भएर आइज । मास्क लगाउन चाँहि नबिर्सिनु नि ।

वीरबल : हस् दिदी । आफ्नो दायित्व पूरा गर्नेप¥यो नी ।

–जनचेतनाका लागि BMGF, YALE University / C-19 RAT


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार