काठमाडौ : शहरव्यापी समावेशी सरसफाइको कुरा नेपालमा भर्खर-भर्खर चर्चामा आउन थालेको छ । खानेपानी मन्त्रालयले शहरव्यापी समावेशी सरसफाइलाई देशैभरिका स्थानीय सरकार मार्फत लागु गर्न यसको निर्देशिका तर्जुमा गरी अन्तिम चरणमा पुर्याएको छ ।
तर विश्वका अधिकांश मुलुकमा शहरव्यापी समावेशी सरसफाइ कार्यान्वयन भै एक असल सरसफाइ पद्धतिको रुपमा स्थापित भईसकेको छ । समावेशी सरसफाइ भनेको शहरका प्रत्येक व्यक्तिलाई सुरक्षित, समतामूलक र आर्थिक रुपले धान्न सक्ने सरसफाइ सेवा प्रणाली प्रबर्द्वन गर्ने प्रद्धति हो । यो सरसफाइ प्रणाली विपन्न वर्गसम्म पुग्ने गरी बनाईएको हुन्छ भने सरसफाइ श्रृंखलाको सबै चरणमा सुरक्षित मानवमलमूत्रको व्यवस्थापनलाई सुनिश्चित गरिएको हुन्छ ।
विश्वको अन्य देशमा जस्तै अफ्रिकी मुलुक सेनेगल र दक्षिण एसियाको बंगलादेशमा समेत शहरव्यापी समावेशी सरसफाइ प्रणाली कार्यान्वयन भईरहेको छ । अन्य विभिन्न राष्ट्रहरुसँगै ती दुई राष्ट्रमा स्लामिक डेभेलप्मेन्ट बैंक (IsDB) ले यो प्रणालीलाई कार्यान्वयन गरिरहेको छ । वैंकको सिनियर स्यानिटेसन एक्स्पर्ट (Senior Sanitation Expert) को रुपमा विपिन डंगोल कार्यरत हुनुहुन्छ । नेपालमा लामो समयसम्म सरसफाइ क्षेत्रमा योगदान दिनुभएका डंगोलले केही समय अघि बंगलादेश र सेनेगलमा सञ्चालित ‘शहरव्यापी समावेशी सरसफाइ’ बारे अनुभव आदानप्रदान गर्नुभएको थियो ।
वंगलादेश र सेनेगलमा विकास भईरहेको शहरव्यापी समावेशी सरसफाइ, त्यहाँ निर्माण गरिएका ऐन, कानुन र निर्देशिका एवं यसको परिपालना, निजी क्षेत्रको संलग्नता र व्यक्ति, समुदाय, संस्थागत एवं सरकारी निकायको भूमिका र ती राष्ट्रहरुको अभ्यासबाट नेपालले अनुसरण गर्न सकिने कुराहरुका बिषयमा नेपालमा आउनुभएको बखत उहाँले भिडियो प्रस्तुतीकरण गर्नुभएको छ ।
विस्तृतमा हेर्नुहोस् यो प्रस्तुतीकरण :
सोसाईटी अफ पब्लिक हेल्थ ईन्जिनियर्स नेपाल (सोफेन) ले आयोजना गरेको ‘वास क्षेत्रको अनुभव आदानप्रदान’ कार्यक्रममा गरिएको प्रस्तुतीकरण ।


707 पटक हेरिएको 

