खानेपानी विभागको अवस्था पूर्व महानिर्देशक देवकोटाले भने जस्तै हो ? (भिडियो सहित)

काठमाडौ : खानेपानी मन्त्रालय, खानेपानी तथा ढल व्यवस्थापन विभाग र मातहतका कार्यालयहरुमै जागीरे जिन्दगीको सिङ्गो समय बिताएका पूर्व सचिव, पूर्व महानिर्देशक तथा पूर्व कर्मचारीहरु र बहालावाला कर्मचारीहरु एकै थलोमा भेला भए । भेला हुने अवसर जुटाएको थियो खानेपानी तथा ढल व्यवस्थापन विभागको स्वर्ण जयन्तीले ।

पचासौं बर्ष पूरा गरी ५१ औं बर्षमा पाइला टेकेको दिनलाई विभागले स्वर्ण जयन्ती मनाएको हो । स्वर्णजयन्तीको अवसरमा पूर्व महानिर्देशक रामचन्द्र देवकोटाले महानिर्देशकहरुको प्रतिनिधित्व गर्दै मन्तव्य व्यक्त गर्नुभएको थियो । खानेपानी तथा ढल व्यवस्थापनको महानिर्देशक भएर नेतृत्व गर्नुभएका देवकोटा खानेपानी मन्त्रालयको सहसचिवबाट सेवा निवृत्त हुनु भएको थियो ।

मन्तव्यको क्रममा उहाँले देशभर रहेका खानपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालयहरु अस्थायी प्रकृतिको जस्तो देखिएकाले स्थायी कार्यालयको रुपमा लैजानुपर्ने, यसो गर्न सकेमा प्रादेशिक तथा स्थानीय सरकारहरु सँग समन्वय गर्न र जनतालाई सेवा प्रवाह गर्न सजिलो हुने लगायत थुप्रै मननीय सल्लाह सुझाव दिनुभएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभाग अन्तर्गत देशभर २० वटा संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाहरु सञ्चालित छन् ।

हेर्नुहोस् स्वर्ण जयन्तीको अवसरमा पूर्व महानिर्देशक देवकोटाद्वारा व्यक्त मन्तव्य :


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार