केयूकेएलले थप गर्‍यो, दैनिक ३० लाख लिटर पानी, थप १ करोड लिटर पानी जोडिदै (भिडियो सहित)

काठमाडौ : काठमाडौ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले दैनिक ३० लाख लिटर पानी आफ्नो प्रणालीमा थप गरेको छ । केयूकेएलले टोखा नगरपालिकाको वडा नं. ११, काठमाडौ महानगरपालिकाको वडा नं. ३२ नरेफाँट र ललितपुर महानगरपालिका – १८ सानेपामा ट्यूबेल निर्माण गरी दैनिक ३० लाख लिटर पानी थप गरेको हो ।

केयूकेएलले थप १ करोड लिटर पानी आपूर्ति बढाउने प्रक्रिया पनि सुरु गरिसकेको छ । यसका लागि जग्गा प्राप्तिको काम भईसकेको र सूचना प्रकाशन एवं खरिद प्रक्रिया १ महिनाभित्र सम्पन्न भए दुई देखि ६ महिना भित्र पानीको आपूर्ति बढाईने काठमाडौ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) का प्रमुख कार्यकारी अधिकृत मिलन कुमार शाक्यले बताउनुभयो । उहाँले काठमाडौ उपत्यकामा खानेपानीको माग दैनिक ४३ करोड लिटर रहेको र बर्षायाममा १६/१७ करोड लिटर मात्र उत्पादन हुने भएकाले मेलम्चीको पानी पूर्ण क्षमतामा आउँदा पनि हाल निर्माण गरिने ट्यूबेलको पानीको आपूर्ति नरोकिने बताउनुभयो ।

केयूकेएलले हाल ३५ वटा मूलको पानी र २५ वटा टयूबेलबाट पानी बोरिङ गरी काठमाडौ उपत्यकामा वितरण गर्दै आएको छ । हिउँदमा पानीको संकट अझ बढ्न सक्ने भएकाले खानेपानीको उत्पादन बढाउन सतहमा आधारित स्रोतको सफाई, ब्लक भएको ठाउँमा सफाइ गरी अवरोध हटाउने तथा ट्यूबेलको मर्मत सुधारको काम समेत भईरहेको प्रमुख कार्यकारी अधिकृत शाक्यले बताउनुभयो ।

हिउँमा पानीको आपूर्ति घट्न नदिन केयूकेएलले के गरिरहेको छ ? विस्तृतमा हेर्नुहोस्, काठमाडौ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) का प्रमुख कार्यकारी अधिकृत मिलन कुमार शाक्यसँग गरिएको भिडियो सम्वाद :


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार