काठमाडौ : मानव मलमूत्रको सुरक्षित व्यवस्थापनका लागि सरकारले सहरव्यापी समावेशी सरसफाइ (CWIS) को अवधारणा अगाडि बढाएको छ । सहरव्यापी समावेशी सरसफाइ यस्तो सरसफाइ पद्धति हो जसले शहरका प्रत्येक व्यक्तिलाई सुरक्षित, समतामूलक र आर्थिक रुपले धान्न सक्ने सरसफाइ सेवा प्रणाली प्रबर्द्वनको सुनिश्चितता गर्छ ।
यही पद्धतिलाई प्रबर्द्वन गर्न खानेपानी मन्त्रालयले सहरव्यापी समावेशी सरसफाइ (CWIS) को निर्देशिका निर्माण गरी अन्तिम रुप दिन मात्र बाँकी छ । यसको कार्यान्वयनबाट सुरक्षित रुपमा व्यवस्थापन गरिएको सरसफाइमा विपन्न वर्गको समेत पहुँच पुग्ने निश्चित छ । किनकि सरसफाइ श्रृङ्खलाका सबै चरणहरुमा सुरक्षित मानव मलमूत्र व्यवस्थापनलाई सुनिश्चित गरिएको हुन्छ ।
यसले निजी क्षेत्रका लागि समेत ठूलो व्यवसायिक अवसरको सिर्जना गर्ने खानेपानी मन्त्रालयका सिनियर डिभिज्नल ईन्जिनियर योगेन्द्र चित्रकारले बताउनुभयो । मानव मलमूत्रले भरिएको सेफ्टिक ट्याङ्क एवं खाल्डो खाली गरी प्रशोधन केन्द्र सम्म सुरक्षित तरिकाले ढुवानी गर्ने र प्रशोधन गर्ने सम्मको काममा निजी क्षेत्रको संलग्नता हुने हुँदा यसले ठूलो व्यवसायिक अवसर सिर्जना गर्ने उहाँको भनाइ छ ।
मन्त्रालयले यसका लागि निजी क्षेत्रलाई लगानीको सुरक्षित वातावरण बनाउने, भौतिक साधनहरुको खरिद गर्न सहुलियत एवं अनुदान दिने सम्मको योजना अगाडि सारिएको बताउनुभयो ।
विस्तृतमा हेर्नुहोस्, सिनियर डिभिज्नल ईन्जिनियर चित्रकारको भनाइ :


1645 पटक हेरिएको 

