काठमाडौ : कौसी खेती शहरी क्षेत्रमा फस्टाउँदै गएको छ । व्यवसायिक तरिकाले लगाउन नसके पछि घरको आवश्यकता धान्नकै लागि पनि सहरी क्षेत्रको घरको छत हरियाली देखिन थालेका छन् । फुर्सदको समयको सदुपयोग, भान्छाबाटै निस्कने फोहोर पानी र जैविक फोहोरको समेत व्यवस्थापन र अर्गानिक तरकारीको आपूर्ति हुने भएपछि शहरी जनसंख्याको ठूलो हिस्सा यसतर्फ आकर्षण भएका छन् ।
तर कतिले कौसी खेतीको बिषयमा आधारभूत ज्ञान सीप लिएर सुरु गरेका छन् भने कतिले भने अरुको घरको छत हरियाली देखेर मात्र पनि सुरुवात गरेको हुनसक्छ । आवश्यक ज्ञान सीपको अभावमा तपाईको श्रम र लगानी खेर जान सक्छ । त्यसैले कौसी खेती गर्नुभन्दा अगाडि के गर्ने ? कौसी खेतीका लागि आवश्यक पदार्थहरु के – के हुन् ? र कौसीमा तरकारी उमारेपछि त्यसको हेरचाह कसरी गर्ने भन्ने बारे पनि आधारभूत जानकारी हासिल गर्न आवश्यक छ ।
हामीले कौसी खेती गर्दा ध्यान दिनुपर्ने कुरा, कौसी खेतीमा प्रयोग गरिने कोको पिट (Coco peat) को काम के हो ? लगायत बिषयमा मध्यपुर थिमी नगरपालिकाकी सामाजिक विकास अधिकृत कृष्णा कुमारी श्रेष्ठलाई सोधेका छौं ।
हेर्नुहोस् यो भिडियो :