निःशुल्क खानेपानी उपलब्ध गराउने अभियानमा वडाअध्यक्ष महर्जन (भिडियो)

काठमाडौ : काठमाडौको किर्तिपुर नगरपालिका वडा नंं. ६ स्थित नौमुले खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको आठौं साधारण सभा भईरहेको थियो । साधारण सभाको उदघाटन सत्रमै समितिका सचिव रामचन्द्र खड्का र कोषाध्यक्ष संगम शर्माले आर्थिक बर्ष २०७४/०७५ देखि २०७७/०७८ सम्मको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभयो ।

त्यसपछि मन्तव्यको क्रम सुरु भयो । सुरुमै शुभकामना मन्तव्य व्यक्त गर्नुभएका वडा अध्यक्ष न्हुच्छे बहादुर महर्जनले आफ्नो वडाका जनतालाई निःशुल्क खानेपानी उपलब्ध गराउने वाचा गर्नुभयो । उहाँले यसभन्दा अगाडिको समय खानेपानीको पूर्वाधार निर्माणमा मात्र खर्च गरिएको र अब पूर्वाधार निर्माण, पाइपलाइन विस्तार तथा मुहान संरक्षणको काम सम्पन्न भईसकेकाले अबको ध्यान खानेपानीलाई निःशुल्क बनाउने तर्फ गएको बताउनुभयो ।

‘मलाई किर्तिपुरको वडा नंं. ६ भरिका जनतालाई खानेपानी उपलब्ध गराउँछु भन्दा पनि पत्याएका थिएनन्, आज मैले ९० प्रतिशत भन्दा बढी जनताको घरमा एक घर एक धारा पुर्‍याएको छु ।’ वडाध्यक्ष महर्जनले भन्नुभयो ‘अब मेरो ध्यान वडाबासीलाई खानेपानी निःशुल्क उपलब्ध गराउने तर्फ गएको छ । यसमा म सफल हुनेछु ।’ उहाँले वडाबासीलाई निःशुल्क खानेपानी उपलब्ध गराउने उदघोष गरिरहँदा साधारण सभामा भेला भएका खानेपानी उपभोक्ताले ताली बजाएका थिए ।

हामीले यसै सन्दर्भमा वडाध्यक्ष न्हुच्छे बहादुर महर्जनलाई सोधेका छौं । वडाबासीलाई निःशुल्क खानेपानी उपलब्ध गराउने योजना कसरी सम्भव हुन्छ ?

विस्तृतमा हेर्नुहोस् यो भिडियो :

वि.संं. २०३० साल देखि खानेपानी उपभोग गर्दै आएका किर्तिपुर ६ का बासिन्दाले २०६३ सालमा वासुदेव शर्माको अध्यक्षतामा नौमुले खानेपानी तथा सरसफाइ उपभोक्ता समिति दर्ता गरेर खानेपानी उपभोग गर्न थालेका थिए । समितिले हाल चारघरे, भुत्तखेल, नेपालटोल, कार्कीगाउँ, महतगाउँ, लप्सीबोट, टौदह, नगरकोटीटोल, चुइगाउँ, जलबिनायक, खत्रीछाप लगायत गरी १ हजार ५० घरधुरीमा खानेपानी सेवा प्रदान गर्दै आएको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार