भक्तपुर : ‘कुहिने फोहोरबाट घरमै मल बनाउनुहोस्’ भनेको कुरा धेरैले धेरैपटक भनेको सुन्नु भयो होला । तर मल कसरी बनाउने भन्ने कुरा चाहिं नभनेको हुन सक्छ । मल बनाउनका लागि तपाईले प्रयास पनि गर्नुभएको होला ? तर कतिको सफल भए पनि कतिको मल बनाउने चाहना अधुरै रहेको पनि हुनसक्छ ।
तर हामी कुहिने फोहोरबाट मल बनाउनुहोस् मात्र भनिरहेका छैनौं । आज हामी देखाउँदैछौं मल बनाउने तरिका । यस अन्तर्गत फोहोर छुट्याउने, फोहोरको मात्रा मिलाउने, कम्पोष्ट बिन राख्ने र मल झिक्ने तरिका सम्मको जानकारी पाउनुहुनेछ ।
विस्तृतमा हेर्नुहोस् यो भिडियो :
कम्पोष्ट बिनको प्रयोग गरी गल्ने फोहोरबाट कम्पोष्ट मल उत्पादन गर्ने हो भने फोहोर व्यवस्थापनका लागि अरुको भर पर्नै पर्दैन । यसमा उत्पादित मललाई करेसाबारीमा प्रयोग गरी विभिन्न जातको तरकारी पनि फलाउन सकिन्छ । जग्गा जमिन हुनेले मात्र होइन नहुनेले पनि घरको छतमा वा बोरामा माटो हालेर आँगन वा कहीं बोरा अड्याउन मिल्ने ठाउँमा पनि तरकारी फलाउन सकिन्छ ।