नदीको पानी लिफ्टिङ गर्नु अघि सिलिका, लेड जस्ता तत्व कति छन् ? अनुसन्धान हुनुपर्ने (भिडियो)

 1703 पटक हेरिएको

काठमाडौ : बस्ती भन्दा माथिल्लो सतहमा रहेका पानीका स्रोतहरु धमाधम सुक्दैछन् । यसको समाधानका लागि भन्दै बस्ती भन्दा तलतिरबाट बहने खोला तथा नदीबाट पानी लिफ्टिङ गरी खानेपानीको आपूर्ति गर्ने अभ्यास जहाँतही चलिरहेको छ ।

खोला तथा नदीबाट पानी लिफ्टिङ गर्दा धेरै कुरामा ध्यान पुर्‍याउनुपर्ने काठमाडौ विश्वविद्यालयका रिजष्टर्ड प्राध्यापक डा. सुवोध शर्माको सल्लाह छ । हिमाली भेगबाट हिउँ पग्लेर बहने खोला तथा नदीमा सिलिका, लेड जस्ता पानीमा घुलनशील तत्व पाईने भएकाले यी तत्वहरु के कति मात्रामा छन् भन्ने अध्ययन अनुसन्धान हुन जरुरी रहेको उहाँले बताउनुभयो । प्रा.डा. शर्मा त्यस्ता तत्वहरु हटाएर मात्र उपभोक्तालाई पानी वितरण गर्नुपर्ने बताउनुहुन्छ ।

पानीमा घुलनशील तर पानीको रङ परिवर्तन नगर्ने तत्वहरु नै मानव स्वास्थ्यका लागि अत्यधिक हानिकारक हुने भएकाले ती तत्वहरु हटाउने खालको प्रशोधन प्लान्ट निर्माण गर्नु पर्ने उहाँको सुझाव छ । पानीमा रहेको आर्सेनिक, आइरन जस्तै सिलिका, लेड पनि स्वास्थ्यका लागि खतरनाक हुन्छ । आइरन मिसिएको पानीको रङ बद्लिने भएकाले मानिसले आँखाले नै छुट्याउन सकिने भएपनि लेड र सिलिका जस्ता तत्व मिसिएको पानी आँखाले हेरेर पिउन योग्य वा अयोग्य भनेर छुटाउन नसक्ने उहाँको भनाइ छ ।

वास खबरसँग कुराकानी गर्दै प्रा.डा. शर्माले पानीको अभाव नभई संकट मात्र हुन गएको र मानिसले प्रयोग गर्न नजानेकै कारण पानीको संकट निम्तिएको बताउनुभयो । पानीको स्रोत भनेको बर्षा भएकाले बर्षामा आएको उतारचढावकै कारण पानीको स्रोतमा पनि बदलाव आएको बताउनुभयो । जलवायु परिवर्तनले बर्षाको प्रकृतिमा बदलाव आएपनि नेपालमा जलवायु परिवर्तनले पारेको असरबारे पर्याप्त अध्ययन अनुसन्धान हुन बाँकी रहेको बताउनुभयो ।

विस्तृतमा हेर्नुहोस् प्रा.डा.शर्माको छ्टाउनै नहुने कुरा :


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार