काठमाडौ : काठमाडौ उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालय (PID) ले ट्रेन्चलेस प्रविधिबाट पाईप विछ्याउने भएको छ । यस अघि नेपाल विद्युत प्राधिकरणले मात्र प्रयोगमा ल्याएको ट्रेन्चलेस प्रविधि आयोजना कार्यान्वयन निर्देशनालय (PTD) ले पनि अबलम्बन गर्न लागेको हो ।
निर्देशनालयले मेलम्ची खानेपानी उपआयोजना अन्तर्गत काठमाडौ उपत्यकामा विछ्याईने ६ सय किलोमिटर वितरण सञ्जाल मध्ये सय किलोमिटर ट्रेन्चलेस प्रविधिबाट विछ्याउन लागेको पिआईडीका प्रोजेक्ट म्यानेजर इन्जिनियर रबिन्द्र पोख्रेलले बताउनुभयो ।
उहाँले नेपालका लागि ट्रेन्चलेस प्रविधि नयाँ भएकाले पाइलटिङको रुपमा सय मिटर मात्र खन्न लागेको र राम्रो नतिजा आएमा यसलाई बढावा दिदै लगिने जानकारी गराउनुभयो । विस्तृतमा हेर्नुहोस्, कुलो/खाडल नखनी पाईप विछ्याउन सकिने (ट्रेन्चलेस) प्रविधि र नेपालमा यसको प्रयोग बिषयक छलफल कार्यक्रममा प्रोजेक्ट म्यानेजर इन्जिनियर रबिन्द्र पोख्रेलले दिनुभएको मन्तव्य :


695 पटक हेरिएको 

