कौसीको फूलबाट तरकारीमा फड्को मारेकी कल्पना (भिडियो)

 1387 पटक हेरिएको

भक्तपुर : दुई बर्ष पहिले सम्म मध्यपुरथिमी नगरपालिका २ की कल्पना बस्नेतको घरको छतमा फूलको केही गमला बाहेक केही थिएनन् । रंगीबिरंगी फूलहरुले घरको शोभा त बढाएको थियो, तर तरकारी जसरी भान्छामा पकाउन मिल्दैनथ्यो ।

जब कोरोना महामारीले गर्दा भएको लकडाउनमा कल्पनाको दैनिकी घरभित्रै खुम्चियो तब फूल खेतीलाई भन्दा तरकारी खेतीलाई बढावा दिने सोच आयो, उहाँको मनमा । लकडाउनको समयमा छाकै पिच्छे तरकारी किन्न बाहिर निस्कन सक्ने वातावरण पनि थिएन ।

लकडाउनको समयबाट फूल खेतीलाई भन्दा तरकारी खेतीलाई महत्व दिन थालेपछि वर्तमान समयमा उहाँले मासुजन्य पदार्थ, च्याउ र पनिरमा हुने खर्च बाहेक तरकारी किन्न पैसा खर्चिनु पर्दैन ।

सुरुमा तरकारी खेती गर्दा उहाँले कसरी सुरु गर्नुभएको थियो ? अनुभव बिना नै खेती गर्छु भनेर हात हाल्दा के कस्ता समस्या आउँदो रहेछ ? अनि सीप सिकेर गरिएको खेतीबाट के कति आम्दानी हासिल गर्न सकिदो रहेछ ?

विस्तुतमा हेर्नुहोस् उहाँको अनुभव :


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार