वास प्लान लगानी भित्र्याउने दस्तावेज हो, आउनुहोस् हातेमालो गरौं (भिडियो)

काठमाडौ : स्थानीय सरकारले आफ्नो क्षेत्रभित्र खानेपानी, सरसफाइ र स्वच्छता (वास) सम्बन्धी कार्यक्रमहरु कार्यान्वयन गर्न खानेपानी, सरसफाइ र स्वच्छता योजना (वास प्लान) अनिवार्य बनाउनुपर्छ । यसका लागि खानेपानी तथा ढल व्यवस्थापन विभागले सहजीकरण एवं आवश्यक प्राविधिक सहयोग गरिरहेको छ ।

यसको लागि विभागले एनवास एमआईएस (NWASH MIS) मोबाइल एप बनाएको छ । सोही सिस्टमबाट खानेपानी, सरसफाइ र स्वच्छता सँग सम्बन्धित तथ्याङ्कहरु भर्दै जानुपर्छ । राष्ट्रिय सूचना व्यवस्थापन आयोजना प्रमुख डा. रजित ओझाका अनुसार सिस्टमले मागेको सबै डाटा भरेपछि सिस्टमबाटै स्वचालित रुपमा वास प्लानको मस्यौदा तयार हुन्छ । स्थानीय सरकारले छलफलको क्रममा उक्त प्लानको मस्यौदालाई परिमार्जन गरेर अन्तिम रुप दिईन्छ ।

वास प्लान अंग्रेजी र नेपाली भाषामा तयार हुन्छ । अंग्रेजी भाषामा बनेको वास प्लानलाई दाताहरु सामु प्रस्तुत गरी लगानी आकर्षण समेत गराउन सकिने डा. ओझाले बताउनुभयो । ‘वास प्लान, आफ्नो पालिकाभित्र खानेपानी, सरसफाइ र स्वच्छताका क्रियाकलापहरु कसरी अगाडि बढाउने भन्ने व्यवसायिक योजना पनि हो । यही डकुमेन्ट देखाएर उहाँहरुले लगानी आकर्षण गराउन पनि सक्नुहुन्छ ।’ उहाँले भन्नुभयो ।

कतिपय स्थानीय सरकारले अझसम्म वास प्लान निर्माणको काम सुरु गरेकै छैनन् । ती स्थानीय तहसँग डा. ओझा आग्रह गर्नुहुन्छ ‘जसले अहिले सुरु गर्नुभएको छैन, हामी हातेमालोका लागि तयार छौं ।’

विस्तृतमा हेर्नुहोस् यो भिडियो :

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार