कौसी खेतीले कार्बन उत्सर्जन घटाउन मद्दत गर्छ : पूर्व सचिव थापा (भिडियो)

 652 पटक हेरिएको

काठमाडौ : नेपाल सरकारका पूर्व सचिव एवं वाग्मती सफाइ अभियन्ता किशोर थापाले कौसी खेतीलाई प्रबर्द्वन गर्न सके कार्बन उत्सर्जन घटाउन मद्दत पुग्ने बताउनु भएको छ । वास मिडिया फोरम नेपालले केही समय अघि काठमाडौमा आयोजना गरेको कार्यक्रममा पूर्व सचिव थापाले कौसी खेतीबाट फोहोरमैला र फोहोरपानीको समेत व्यवस्थापन हुने बताउनुभयो ।

पहिले पहिले खेतीपातीको काम खेतबारीमै गर्ने प्रचलन रहेपनि अहिले खेतीपातीका लागि विगाहका विगाह तथा रोपनीका रोपनी जमिन पनि नचाहिने उहाँले बताउनुभयो । ‘अहिले बहु तले घरमा खेतीपाती गर्ने चलन आईसकेको छ । माटो बिना खेती गर्ने प्रविधि पनि आईसकेको छ । यो सहरी खेतीलाई प्रबर्द्वन गर्न सके फोहोरमैला व्यवस्थापन पनि हुन्छ, फोहोरपानीको पनि व्यवस्थापन हुन्छ र यसले वातावरण संरक्षण पनि हुन्छ’ उहाँले भन्नुभयो ।

विस्तृतमा हेर्नुहोस् यो भिडियो :


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार