पूर्वमन्त्री साहको दृष्टिमा यी हुन् खानेपानी क्षेत्रका चार मुद्दा (भिडियो)

 1282 पटक हेरिएको

काठमाडौ : खानेपानी क्षेत्रमा धेरै समस्या छन् । ६ प्रतिशत जनसंख्यामा अझै पनि आधारभूत खानेपानीको पहुँच पुर्‍याउन बाँकी छ भने आधारभूत खानेपानी प्राप्त गरेका जनसंख्याले पनि पर्याप्त पानी पाएका छैनन् भने ती कतिपय असुरक्षित पनि छन् । पूर्व वातावरणमन्त्री डा. गणेश साह खानेपानी क्षेत्रका पाँच मुद्दा निम्नानुसार औल्याउनुहुन्छ ।

पहिलो मुद्दा : सुरक्षित पानी

पूर्वमन्त्री डा. शाह खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले खानेपानी वितरण गरेर मात्र नहुने र वितरित पानी सुरक्षित हुनुपर्ने बताउनुहुन्छ । गुणस्तरयुक्त पानीको अभावमा झाडापखाला, आउँ जस्ता खानेपानीजन्य रोगहरु लाग्ने भएकाले सुरक्षित खानेपानी मात्र वितरण गर्नुपर्ने उहाँको भनाइ छ ।

दोस्रो मुद्दा : पानीको स्रोत संरक्षण

पूर्वमन्त्री शाह पानीका स्रोतहरु चाहे त्यो भूमिगत होस् वा सतहको पानी । यी दुवै थरि पानीको स्रोत संरक्षण गर्नुपर्ने बताउनुहुन्छ । भूमिगत पानीको सतह भासिदै गएको र सतहको पानीको स्रोतहरु पनि कम हुँदै र सुक्दै गएकाले ती स्रोतहरुको संरक्षण एवं पुर्नभरण गर्नु खानेपानीको दोस्रो मुद्दा रहेको उहाँको भनाइ छ ।

तेस्रो मुद्धा : खानेपानीको मर्मत सुधारका लागि रकम र जनशक्तिको प्रबन्ध

अहिलेसम्म जत्ति पनि खानेपानी आयोजनाहरु बनेका छन्, ती सबै सुचारु छैनन् । ती खानेपानी आयोजनाहरु सञ्चालनका लागि मर्मत सम्भारको आवश्यकता रहेको र त्यसका लागि बजेट तथा जनशक्ति व्यवस्थापनको काम तेस्रो मुद्दा रहेको डा. शाहको भनाइ छ ।

चौथो मुद्दा : जलवायु परिवर्तनको असरबाट हुने क्षतिबाट जोगाउने

जलवायु परिवर्तनको कारणले पानीका स्रोतहरुमा ठूलो प्रभाव परेको डा. शाहको भनाइ छ । तसर्थ खानेपानीका संरचनाहरुं जलवायु परिवर्तनको प्रभावबाट कसरी बचाउने ? भन्ने अर्को मुद्दा हो । नेपालका पानी वैज्ञानिहरु तथा पानी इन्जिनियरहरुले पानी विज्ञान बारे अध्ययन अनुसन्धान गर्नुपर्ने उहाँको सुझाव छ । नेपालको पानी आफ्नो लागि मात्र नभई एसियाको झण्डै एक अर्ब जनसंख्याको जीविकोपार्जनको स्रोत भएकाले पनि जलवायु परिवर्तनले पानीमा पारेको असरबारे यहाँका पानी विज्ञ, पानी वैज्ञानिकहरुले चासोका साथ अध्ययन अनुसन्धान गर्नुपर्ने उहाँको भनाइ छ ।

विस्तृतमा हेर्नुहोस् यो भिडियो :


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार