सरसफाइ क्षेत्रको अन्तर्राष्ट्रिय मापदण्ड २४५२१ नेपालमा पहिलो पटक लागु (भिडियो रिपोर्ट)

काठमाडौ : सरसफाइको क्षेत्रमा नेपालमा पहिलो पटक आईएसओ २४५२१ मापदण्ड लागु गरिएको छ । आईएसओ २४५२१ अन्य सामग्रीहरुको गुणस्तर जस्तै एक अन्तर्राष्ट्रिय गुणस्तर हो । जसले मानवमलमूत्रलाई स्थलगत रुपमै सुरक्षित व्यवस्थापनको सुनिश्चितता गर्दछ ।

नेपाल गुणस्तर तथा नापतौल विभागले प्रमाणित गरेपछि बिल एण्ड मेलिण्डा गेट्स फाउण्डेशन, काठमाडौ उपत्यका खानेपानी व्यवस्थापन बोर्ड तथा वातावरण र जनस्वास्थ्य संस्था एन्फोको सहकार्यमा ललितपुरको महालक्ष्मी नगरपालिकामा आईएसओ २४५४१ लागु गरिएको हो । यसमा मानव मलमूत्रको संकलन, भण्डारण, रित्याउने तथा ढुवानी गर्ने र प्रशोधन गरी पुनः प्रयोग गर्ने सम्मको मापदण्ड तोकिएको हुन्छ ।

विस्तृतमा हेर्नुहोस् यो भिडियो रिपोर्ट :

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार