काठमाडौं : मेलम्चीको पानी आजदेखि काठमाडौ उपत्यकाको घरघरमा वितरण गर्न थालिएको छ । काठमाडौ उपत्यका खानेपानी लिमिटेडको वानेश्वर मीनभवन स्थित रिजर्भ्वायर ट्याङ्कको चाबी खोलेर खानेपानीमन्त्री उमाकान्त चौधरीले मेलम्चीको पानी पुनः वितरणको शुभारम्भ गर्नुभयो ।
उहाँले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (संघीय संसद भवन) अगाडिको धारा खोलेर मेलम्चीको पानी उपभोक्ताको धारामा पुगे नपुगेको समेत परिक्षण गर्नुभयो । मन्त्री चौधरीले मीनभवन आसपासका केही घरको धारामा पानी आए नआएको बारे पनि जानकारी हासिल गर्नुभयो ।
मन्त्री चौधरीले लोकतन्त्र दिवसको दिन काठमाडौ उपत्यकाबासीलाई मेलम्चीको पानी पुनः वितरण गर्न पाउँदा आफू हर्षविभोर भएको बताउनुभयो । उहाँले धाराको पानी थापेर पिउदै मेलम्चीको पानी पिउन योग्य छ भन्ने सन्देश प्रवाह गर्नुभयो ।
हेर्नुहोस् यो भिडियो :


830 पटक हेरिएको 

