चाँगुनारायण नगरपलिकामा पूर्ण सरसफाइका कार्यक्रमहरु तीब्र बन्दै

भक्तपुर : भक्तपुरको चाँगुनारायण नगरपालिकाले पूर्ण सरसफाइ सरसफाइ सम्बन्धी क्रियाकलापहरुलाई तीब्रता दिईरहेको छ । चाँगुनारायण नगरपालिकाले “सफा सुग्घर घर आँगन सफा स्वच्छ बाटो, पूर्ण सरसफाइ उन्मुख बन्दैछ चाँगुनारायणको माटो” भन्ने मूल नाराका साथ यस अघि नै रणनीतिक योजना तयार पारिसकेको छ ।

चाँगुनारायण नगरपालिकालाई पूर्ण सरसफाइमा देशकै एक नमुना नगरपालिकाकोे रुपमा स्थापित गरी पूर्ण सरसफाइ उन्मुख नगरपालिका घोषणा गर्ने रणनीतिक योजना अन्तर्गत नगरपालिकाले नगर क्षेत्रभित्र विभिन्न क्रियाकलापहरु सञ्चालन गरिरहेको नगरपालिकाका खानेपानी, सरसफाइ र स्वच्छता (वास) संयोजक सुरेन्द्र लामिछानेले बताउनुभयो ।

नगरदेखि वडा तहसम्मका संस्थागत संरचनालाई सुदृढ गरी पूर्ण सरसफाइ अभियानको नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्षम र उत्तरदायी बनाउने, नगरभित्रका सम्पूर्ण घरधुरीहरुमा नेपाल गुणस्तर मापदण्ड अनुसारको पानीको पहुँचमा सुनिश्चितता गर्ने, नगरभित्र बग्ने खोला नालाहरुमा फोहोर मिसाउने बिद्यमान अभ्यासलाई प्रतिबन्ध गर्दै प्रकृतिक गुणस्तर कायम राख्ने, नगरभित्रका घरधुरी शौचालयहरुको स्तरोन्नति गर्नुको साथै दिसाजन्य लेदो व्यवस्थापनको लागि सरल र सहज प्रबिधिको अबलम्बन गर्ने नगरपालिकाको रणनीति छ ।

यस्तै नगरभित्रका आवश्यक सार्वजनिक स्थल तथा संस्थाहरुमा भिन्न क्षमता भएका व्यक्ति वृद्धवृद्धा लैङ्घिक तथा वालमैत्री चर्पी निर्माण तथा प्रयोगमा पहुँच सुनिश्चित गर्ने, महिनावारी स्वच्छता व्यवस्थापनलाई पूर्ण सरसफाइ कार्यक्रमको अभिन्न अंगको रुपमा अगाडि बढाउने, नगरभित्रको बजार क्षेत्र तथा सार्वजनिक स्थलहरुमा फोहरको उचित व्यवस्थापन गर्ने, नगर भित्रका विद्यालयहरुमा शौचालयको प्रयोग हात धुने तथा पिउने प्रयोजनको लागि पर्याप्त सुरक्षित पानीको व्यवस्था गर्ने, बिद्यालय स्वास्थ्य सेवा प्रदायक संस्था तथा वडा कार्यालयहरुमा खानेपानी सरसफाइ तथा स्वच्छताको स्रोत केन्द्र स्थापना गर्ने जस्ता महत्वपूर्ण उद्देश्यहरु पूरा गर्न विभिन्न कार्यक्रमहरु सञ्चालन भईरहेको वास संयोजक लामिछानेले बताउनुभयो ।

विस्तृतमा हेर्नुहोस् यो भिडियो :

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार