ललितपुर : सुरक्षित खानेपानीको महत्वबारे बुझाउन बालबालिकाले आफ्ना बुबा आमालाई चिठी लेखेका छन् । ललितपुरको महालक्ष्मी नगरपालिका भित्र रहेका विभिन्न ४ वटा विद्यालयका बालबालिकाले आफ्ना बुबा आमालाई सुरक्षित खानेपानीको महत्व सम्बन्धी चिठी लेखेका हुन् ।
विस्तृतमा हेर्नुहोस् भिडियो रिपोर्ट :
विश्व वातावरण दिवस तथा राष्ट्रिय सरसफाइ सप्ताहको अवसर पारी युनिसेफ नेपालको आर्थिक सहयोगमा वातावरण र जनस्वास्थ्य संस्था एन्फोले बालबालिकाहरु बीच पत्र लेखन प्रतियोगिताको आयोजना गरेको हो । विद्यार्थीहरु मार्फत अभिभावक र समुदायमा समेत सुरक्षित खानेपानीको महत्वबारे सचेतना जगाउन पत्र लेखन प्रतियोगिताको आयोजना गरिएको एन्फोले जनाएको छ । पत्रको माध्यमबाट बालबालिकाले आफ्ना अभिभावकलाई सुरक्षित खानेपानीको अभावमा लाग्न सक्ने रोगहरु र खानेपानी सुरक्षित बनाउने बिधिका बिषयमा समेत सन्देश प्रवाह गरेका छन् ।

युनिसेफ नेपालको आर्थिक सहयोगमा सञ्चालित ‘Towards Achieving Resilient and Water Safe Urban Comminities in selected areas of Kathmandu Valley’ परियोजना अन्तर्गत एन्फोले ललितपुरको महालक्ष्मी नगरपालिकाका केही समुदायलाई निकट भविश्यमै सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा गरिदैछ ।
सुरक्षित खानेपानीयुक्त घोषणा गर्नु अघि सम्बन्धित समुदायमा सुरक्षित खानेपानीको महत्वबारे जनचेतना फैलाउन आवश्यक छ । सुरक्षित खानेपानीको महत्वबारे विद्यार्थीहरुबीच गरिएको पत्र लेखन प्रतियोगिता यस अन्तर्गतको एउटा क्रियाकलाप पनि हो । पत्र लेखन प्रतियोगिताले मानव स्वास्थ्यका लागि सुरक्षित पानीको महत्वबारे सचेतना अभिवृद्धि हुने लुभु माध्यमिक विद्यालय (पाठशालाकी) शिक्षिका ओमकुमारी भण्डारीले बताउनुभयो ।
आफ्ना बालालिकाले लेखेको चिठी अध्ययन गरेपछि अभिभावकले समेत बालबालिका मार्फत विद्यालयलाई पत्र लेख्नेछन् । सुरक्षित खानेपानीको बिषयमा आफ्ना नानी बाबुले लेखेको पत्र पढेपछि मनमा लागेको कुरा, सुरक्षित पानी मात्र सेवन गर्न गराउन आफ्नो तर्फबाट गर्न सकिने काम र प्रतिबद्धता समेत पत्रमा उल्लेख गर्नेछन् । त्यसपछि बालबालिकाले बाब ुआमालाई लेखेको पत्र र बालबालिका मार्फत अभिभावकले विद्यालयका लागि लेखेको पत्रको मूल्याङ्न पछि प्रथम, द्धितिय र तृतीयका लागि पुरस्कार वितरण गरिने एन्फोले जनाएको छ ।


2748 पटक हेरिएको 

