काठमाडौ : पानी घट्टा चल्ने, रोपाईका लागि समेत पुग्ने । त्यो पनि छिमेकी गाउँको खेतलाई समेत । खानेपानीदेखि सिंचाईसम्मका लागि प्रसस्त पुग्ने पानीको स्रोत सुक्लान् र खानेपानीकै लागि हाहाकार होला भनेर कसैले सोच्लान् ? तर भयो त्यस्तै । कुनै समय खोला बग्ने ठाउँमा अहिले खानेपानीको लागि समेत दुःख भोग्नुपर्यो ।
कुरा हो, काठमाडौको चन्द्रागिरी नगरपालिका वडा नंं. ४ चुनीखेलको । चुनिखेलको शिरानमै पर्छ पानीघाट । चन्द्रागिरीको पानीघाट थानकोट क्षेत्रको एकमात्र पानीको स्रोत थियो । बूढापाकाहरुका अनुसार पानीघाटको पानी त्यसभन्दा तलतिरका बस्तीहरुलाई पिउन मात्र होइन, नैकापसम्म सिंचाईका लागि समेत लगिएको थियो । २०७२ सालको भूकम्पले पानीको स्रोत सुकेपछि त्यस भेगका बासिन्दाले खानेपानीको लागि पाउन सम्म दुःख पाए ।
खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय भक्तपुर मार्फत चन्द्रागिरी वृहत खानेपानी तथा सरसफाइ आयोजना सञ्चालन भएपछि चुनदेवी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले व्यवस्थित तरिकाले खानेपानी वितरण गरिरहेको छ । करिब ६ सय घरपरिवारलाई दैनिक १ घण्टा पानी वितरण गरिरहेको खानेपानी उपभोक्ता समितिले स्थापनाकालदेखि यो उचाईसम्म आउन थुप्रै उतारचढाव पार गरेको छ ।
भूकम्पले जन्माएको एउटा खानेपानी प्रदायक संस्था कसरी शून्यदेखि समृद्धितर्फको यात्रामा अग्रसर भईरहेको छ ? हेर्नुहोस यो भिडियो :


773 पटक हेरिएको 

