हैजाका बिरामीको घरको पानी परिक्षण गर्दा जे तथ्य भेटियो…….

काठमाडौ : काठमाडौ उपत्यकामा हैजाको बिरामी भेटिए लगत्तै इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सरोकारवाला सबै क्षेत्र सम्मिलित बैठक राख्यो । हैजा रोकथाम तथा नियन्त्रणका लागि खानेपानी, सरसफाइ र स्वच्छता क्षेत्रमा कार्यरत सरकारी तथा गैरसरकारी संस्था सबैको भूमिकाको खोजी गर्न बैठक डाकिएको थियो ।

हैजाको रोकथाम तथा नियन्त्रणका लागि खानेपानी तथा ढल व्यवस्थापन विभागको ‘गुणस्तर सुधार तथा सेवा नियमन शाखा’ को भूमिका नहुने त कुरै भएन ।

गुणस्तर सुधार तथा सेवा नियमन शाखा अन्तर्गत नै केन्द्रिय पानी परिक्षण प्रयोगशाला पनि भएकाले शाखाको जिम्मामा पर्‍यो, हैजा देखिएका ठाउँहरुको पानीको नमुना संकलन गरी परिक्षण गर्ने ।

सोही अनुसार गुणस्तर सुधार तथा सेवा नियमन शाखाले तत्काल खानेपानी गुणस्तर परिक्षण मोबाइल भ्यान परिचालन गरी ललितपुर महानगरपालिकाको वडा नं. २ स्थित सानेपा क्षेत्रको किराना पसल, घरधुरी, खाजा घर, स्कुल तथा ट्याङ्करबाट सामुदायिक रुपमा पानी वितरण गर्ने ट्याङ्की लगायत ८ वटा पानीको नमुना संकलन गरिएको थियो ।

यस्तै बल्खु र कोटेश्वरमा भेटिएका हैैजाका २ जना विरामीको घरको पानी सहित ७ वटा नमूना संकलन गरी पानी परिक्षण गरिएको थियो । उक्त पानी परिक्षणबाट गुणस्तर सुधार तथा सेवा नियमन शाखाले केही तथ्यहरु पहिचान गरेको छ ।

बिरामीहरुले पिउने खानेपानीको परिक्षण गर्दा भेटिएको तथ्यबारे बताउँदै हुनुहुन्छ खानेपानी तथा ढल व्यवस्थापन विभाग, गुणस्तर सुधार तथा सेवा नियमन शाखाकी इन्जिनियर आरती श्रेष्ठ :

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार