शहरव्यापी समावेशी सरसफाइले मात्र समतामूलक र सुरक्षित सरसफाइ सेवाको सुनिश्चित : आयोजना प्रमुख झा

  वास खबर समाचारदाता  649 पटक हेरिएको

काठमाडौ : दिगो विकास लक्ष्य ६.२ मा सन् २०३० सम्ममा सबैका लागि पर्याप्त सरसफाइ र स्वच्छतामा समतामूलक पहुँच हासिल गर्ने र खुला दिसा गर्ने अभ्यासको अन्त्य गर्ने भन्ने उल्लेख छ । पर्याप्त सरसफाइ र स्वच्छतामा समतामूलक पहुँच त हासिल गर्ने, तर कसरी त ? संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना सुर्खेतका आयोजना प्रमुख ई.देवेन्द्र झा भन्नुहुन्छ ‘शहरव्यापी समावेशी सरसफाइले मात्र समतामूलक र सुरक्षित सरसफाइ सेवाको सुनिश्चितता गर्न सक्छ ।’

उहाँले सरसफाइमा समतामूलक पहुँच पुर्‍याउन खानेपानी मन्त्रालयले शहरव्यापी समावेशी सरसफाइ (सिटी वाईड इन्क्लुसिभ स्यानिटेशन) निर्देशिका तयार पारिरहेको र निर्देशिका कार्यान्वयन भएपछि शहरका प्रत्येक व्यक्तिले सुरक्षित, समतामूलक र आर्थिक रुपले धान्न सक्ने सरसफाइ सेवा प्राप्त गर्न सकिने बताउनुभयो । खुला दिसामुक्ता अवस्थाको दिगोपना र सरसफाइ सेवाबाट वञ्चितीमा परेकाहरुलाई सरसफाइ सेवा सुनिश्चित गर्ने बिषयमा वास खबरसँग कुराकानी गर्दै उहाँले शहरव्यापी समावेशी सरसफाइले मात्र समतामूलक र सुरक्षित सरसफाइ सेवाको सुनिश्चित हुने बताउनुभयो ।

आयोजना प्रमुख झाले खुला दिसामुक्त अवस्थाको दिगोपना र दिसाको सुरक्षित व्यवस्थापनको उपाय समेत सुझाउनु भएको छ । शहरव्यापी समावेशी सरसफाइ योजनाले सामाजिक समावेशीकरणलाई प्रबर्द्वन गर्ने भएकाले देशभरिका नगरपालिकाहरुलाई शहरव्यापी समावेशी सरसफाइ योजना बनाएर कार्यान्वयन गर्न आग्रह गर्नुभयो ।

विस्तृतमा हेर्नुहोस् यो भिडियो :

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार