बिषको राजा ‘आर्सेनिक’ के हो ? पानीमा आर्सेनिक भए नभएको कसरी पत्ता लगाउने ? यसको प्रयोगले निम्तिने स्वास्थ्य खतरा (भिडियो)

  पी.टी.लोप्चन  887 पटक हेरिएको

काठमाडौ : तराईको भूमिगत पानीमा मात्र भेटिने गरेको आर्सेनिक अहिले काठमाडौ उपत्यकाको कतिपय स्थानको पानीमा समेत भेटिन थालेको छ । आर्सेनिक पृथ्वीमा पाईने विभिन्न प्रकारका प्राकृतिक तत्वहरु मध्येको एक हो । जसलाई बिषको राजा वा मन्द बिष पनि भन्ने गरिन्छ ।

आर्सेनिकको मात्रा बढी भएको पानी सेवन गर्दैमा तत्कालै शरिरमा केही असरहरु नदेखिएपनि आर्सेनिकयुक्त पानी लामो समयसम्म लगातार (६ महिनाभन्दा बढी) सेवन गर्नाले यसले मन्द बिषको काम गर्दछ र आर्सेनिक सम्बन्धी विभिन्न रोगहरु लाग्न सक्दछ ।

आर्सेनिक जमिनमुनि रहेका आग्नेय चट्टान र खनिज पदार्थहरुमा मिसिएर रहेको हुन्छ । जुन विभिन्न रासायनिक तथा जैविक प्रक्रियाद्वारा जमिनमुनिको पानीमा मिसिन पुग्दछ ।

पानीमा आर्सेनिक मिसिएपछि यसलाई आँखाले देख्न सकिदैन र यसको कुनै स्वाद वा गन्ध पनि नहुने भएकाले पानी परिक्षणबाट मात्र पानीमा आर्सेनिक भए नभएको पत्ता लगाउन सकिन्छ । विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार खानेपानीमा आर्सेनिकको मात्रा बढीमा ०.०१ मिलिग्राम प्रतिलिटर (१० पिपिबी) भएसम्म सुरक्षित मानिएको छ भने नेपालमा राष्ट्रिय खानेपानी गुणस्तर मापदण्ड २०७९ अनुसार खानेपानीमा आर्सेनिकको अधिकतम सघनन् सीमा ०.०५ मिलिग्रिाम प्रतिलिटर (५० पिपिबी) तोकिएको छ ।

‘आर्सेनिक’ के हो ? नेपालमा आर्सेनिकको स्थिति, पानीमा आर्सेनिक भए नभएको पत्ता लगाउने तरिका एवं यसको प्रयोगले निम्तिने स्वास्थ्य समस्या र हटाउने उपायका बिषयमा हामीले खानेपानी तथा ढल व्यवस्थापन विभाग, गुणस्तर सुधार तथा सेवा नियमन शाखाका प्रमुख एवं सिनियर डिभिज्नल इन्जिनियर नारायण प्रसाद आचार्यसँग कुराकानी गरेका छौं ।

विस्तृतमा हेर्नुहोस् यो भिडियो :

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार