काठमाडौं : धेरै उपभोक्ताहरुले सोध्ने गर्नुहुन्छ ‘मेलम्चीको पानी नयाँ पाइपलाइन बाट कहिले देखि वितरण हुन्छ ?’ कतिले भने धारा मात्र जडान गरिएको र पानी नआएको बर्षौ भईसकेकाले नयाँ धाराबाट चाहिं पानी आउँछ कि भन्ने आशा रहेको बताउनुहुन्छ ।
उपभोक्ताहरुको यो आशा स्वभाविक हो । मेलम्चीको पानी वितरणकै लागि भनेर नयाँ पाइपलाइन हालेको र धारा जडान गरेको पनि निक्कै लामो समय भईसकेको छ । पुराना पाइपलाइनबाट पानी पठाउँदा चुहावट धेरै हुने र समानुपातिक तवर नजाने भएकाले नयाँ धाराबाट आए सबैतिर समान तरिकाले आउँथ्यो कि भन्ने लागेको हुन सक्छ ।
काठमाडौ उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालयले काठमाडौ उपत्यकाका १० वटै रिजर्भ्वायर ट्याङ्कहरुबाट मेलम्चीको पानी वितरण हुने जनाएको छ । अघिल्ला पटकहरु भन्दा यसपटक मेलम्चीको पानी वितरणमा के फरक हुन्छ ? यस पटक काठमाडौ उपत्यकाको कुन कुन क्षेत्रमा नयाँ पाइपलाइनबाट पानी वितरण हुँदैछन् ? बाँकी सबै क्षेत्रमा नयाँ पाइपलाइनबाट पानी वितरण गर्न कति समय लाग्छ ? अनि सबै नयाँ पाइपलाइन सञ्चालन गर्न ढिलाई हुनुका कारण लगायतका बिषयमा आयोजना निर्देशक ई. राजेन्द्र सापकोटासँग कुराकानी गरेका छौं ।
हेर्नुहोस् यो भिडियो :


3294 पटक हेरिएको 

