काठमाडौका यी स्थानहरुमा आजदेखि दैनिक पानी वितरण हुने

  वास खबर सम्वाददाता  2131 पटक हेरिएको

काठमाडौ : काठमाडौ उपत्यकाको घट्टेकुलो, अनामनगर, बिजुलीबजार र माईतीघर क्षेत्रमा आज बुधबार देखि दैनिक पानी वितरण हुने भएको छ । अनामनगर ओभरहेड ट्याङ्कीबाट खानेपानी बितरण हुने ती क्षेत्रमा दैनिक पानी वितरण हुने काठमाडौ उपत्यका खानेपानी लिमिटेड, त्रिपुरेश्वर शाखाले जनाएको छ । केयूकेएलले गएको २०७७ साल वैशाख र २०७८ को वैशाखमा समेत ती क्षेत्रमा दिनहुँ पानी वितरण गरेको थियो ।

यस्तै न्यूरोड, त्रिपुरेश्वर, दलाक्षी, लगन, नायपाचो क्षेत्रमा भने २ दिनर विराएर पानी वितरण हुनेछ । त्रिपुरेश्वर शाखाले बालाजु पानी प्रशोधन केन्द्रबाट पनि मेलम्चीको पानीको परिक्षण बितरण गरिसकेको र दुई तीन दिनमा वितरण तालिका प्रकाशित गर्ने जनाएको छ । किर्तिपुर ट्याङ्कीबाट बितरण हुने क्षेत्रका उपभोक्तहरुले भने अझै केही दिन पर्खनु पर्ने केयूकेएल त्रिपुरेश्वर शाखाले जनाएको छ ।

मेलम्चीको पानी काठमाडौमा वितरण गर्न थालेको यो तेस्रो पटक हो । मेलम्चीको पानी सुन्दरीजल पानी प्रशोधन केन्द्रबाट थोक वितरण प्रणाली मार्फत प्राप्त भएपछि केयूकेएलका शाखा कार्यालयहरुले पानी वितरण गर्न थालेको हो । गत शुक्रबार मात्र खानेपानीमन्त्री उमाकान्त चौधरीले महाँकालचौरमा रहेको भल्भको चाबी खोलेर मेलम्चीको पानी वितरणको शुभारम्भ गर्नुभएको थियो ।

हेर्नुहोस् यो भिडियो :


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार