घरको छतमै अमेरिका र युकेको तरकारी देखि जडिबुटी समेत फलाउने दम्पतीको कथा (भिडियो)

  पी.टी.लोप्चन  2876 पटक हेरिएको

काठमाडौ : शहरमा कौसी खेती त धेरैले गरेका हुन्छन्, तर त्यो कौशी खेती र यो कौशी खेतीमा आकाश जमिनको फरक छ । फलाउन चाहेमा नफल्ने र नहुर्किने कुनै पनि बोटविरुवा हुँदैनन् भन्ने मिहेनतले प्रमाणित गर्ने दम्पती हुनुहुन्छ काठमाडौको कागेश्वरी मनोहरा नगरपालिकाकी ‘पवित्रा भण्डारी र तुलसी प्रसाद अधिकारी’ ।

उहाँहरुको घरको छतमा पुग्ने जो कोहीलाई घरको छत होइन, वागवाणी जस्तो लाग्छ । विभिन्न जातका बोटविरुवा, वनस्पति देखि देशविदेशमा उब्जाउ हुने विभिन्न थरिका तरकारी र औषधीजन्य विरुवाले पूरै छत भरिएका छन् ।

छतमा बसिरहँदा विभिन्न बोटविरुवाको सुवास मिश्रण भएर अर्कै खालको हरर बास्ना आउँछ । तरकारी वरिपरि फूलिरहेका फूलहरुमा भमरा तथा माहुरीहरु झुम्मिन्छन् । यसले तरकारीको परागशेचनमा सघाउ पुर्‍याई चाहे जसरी फलाउन सघाउ पुर्‍याउँछ । उहाँहरुले एउटै भाँडोमा पनि विभिन्न जातका तरकारी फलाएर एकीकृत कृषि प्रणालीको नमुना प्रस्तुत गर्नुभएको छ ।

सायद यही भएर होला उहाँले कौसी खेती नभनी ‘कौसीबारी’ नामकरण गर्नुभएको छ । उनै प्रेरणाकी स्रोत, अर्गानिक कौसीबारी अभियानकी अध्यक्ष पवित्रा भण्डारीको कौसीबारी घुमौं न त, आज ।

“वागवाणी जस्तै घरको छत ” हेर्नुहोस् यो भिडियो :


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार