WASH SDG परियोजनाका साझेदार संस्थाहरुसँग समीक्षात्मक अन्तरक्रिया (भिडियो)

  वास खबर सम्वाददाता  999 पटक हेरिएको

काठमाडौ : वास एलायन्स इन्टरनेसनल अन्तर्गत सञ्चालित WASH SDG परियोजनाले साझेदार संस्थाहरुसँग अन्तरक्रिया गरेको छ । WASH SDG (वास एसडीजी) कन्सोर्टियमका कोअर्डिनेटर Geerte Van Der Meijden र वास एसडिजी प्रोजेक्टका कन्ट्री कोअर्डिनेटर मिङमा शेर्पाको उपस्थितिमा साझेदार संस्थाहरुसँग समीक्षा एवं अन्तरक्रिया गरिएको हो । विश्वको ७ वटा देशमा कार्यान्वयन भईरहेको वास एसडीजी प्रोजेक्ट (WASH SDG Project) नेपालमा वास एलायन्स इन्टरनेस्नल (WAI),  एसएनभी र प्लान इन्टरनेशनल मार्फत कार्यान्वयन भईरहेको छ ।

वास एलायन्स इन्टरनेसनलले भने बाँकेको कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिकामा  साझेदार संस्थाहरु लुमन्ती, सहकर्मी समाज, Central for integrated Urban Development (सिआईयुडी), गेरुवा ग्रामीण जागरण संघ र बिरुवा एडभाइजर्स प्रा.लि. मार्फत कार्यान्वयन गरिरहेको छ भने सुर्खेतको बराहताल र भेरीगंगा गाउँपालिकामा वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) मार्फत कार्यान्वयन गरिरहेको छ ।

ती मध्ये सिआईयुडीले विद्यालयको खानेपानी, सरसफाइ र स्वच्छताको अवस्था सुधार गर्न विभिन्न क्रियाकलापहरु सञ्चालन गरिरहेको छ । गेरुवाले भने स्वास्थ्य संस्थाहरुको खानेपानी, सरसफाइ र स्वच्छताको अवस्था सुदृढ गर्न विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेको छ । यस्तै विरुवा एडभाईजर्सले खानेपानी, सरसफाइ र स्वच्छता सम्बन्धी उद्यमीहरु र सेवा प्रदायकहरुको माग अभिवृद्धि गरी माग र आपूर्तिको सन्तुलन मिलाउन विभिन्न गतिविधिहरु सञ्चालन गरिरहेको छ । सहकर्मी समाजले भने समुदायसँग प्रत्यक्ष सहभागी भएर खानेपानी, सरसफाइ र स्वच्छता सम्बन्धी विभिन्न सचेतनामूलक कार्यक्रमहरु सञ्चालन गरिरहेको छ ।

वास एसडीजी प्रोजेक्टको समीक्षा एवं अन्तरक्रियात्मक कार्यक्रममा परियोजना अन्तर्गत सञ्चालित मुख्य – मुख्य क्रियाकलापहरु, परियोजना सञ्चालनको अवधिमा प्राप्त गरेको मुख्य उपलब्धी र चुनौती एवं सिकाईबारे साझेदार संस्थाहरुले पालैपालो प्रस्तुतीकरण गरेका थिए । प्रस्तुतीकरणका क्रममा WASH SDG Project Consortium का Coordinator Geerte Van Der Meijden ले विभिन्न जिज्ञासा राख्नुभएको थियो ।

हेर्नुहोस्, WASH SDG परियोजनाले साझेदार संस्थाहरुसँग गरेको अन्तरक्रिया :


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार