काठमाडौ : मेलम्चीको पानी सुन्दरीजल प्रशोधन केन्द्रमा प्रशोधन गरेपछि थोक वितरण प्रणाली (बिडिएस) मार्फत काठमाडौ उपत्यकामा निर्मित विभिन्न पानीपोखरी (रिजर्भ्वायर ट्याङ्क) हरुमा पठाईन्छ । सुन्दरीजल प्रशोधन केन्द्रबाट सुरुमा पुग्ने रिजर्भ्वायर ट्याङ्क नै महाँकालचौर रिजर्भ्वायर ट्याङ्क हो ।
महाँकालचौर शाखा सँग २०/२० लाख लिटर क्षमतामा दुई वटा नयाँ रिजर्भ्वायर ट्याङ्कहरु छन् । यसअघि महाँकालचौर शाखामा ४५ लाख लिटर क्षमताको पुरानो रिजर्भ्वायर ट्याङ्क थियो । नयाँ निर्माण सँगै अब महाँकालचौर शाखासँग ८५ लाख लिटर पानी भण्डारण क्षमता रहेको छ ।
महाँकालचौर शाखाले उपभोक्ताको घरघरमा मात्र नभई विभिन्न वितरण केन्द्रलाई समेत पानी वितरण गर्दै आएको छ । महाँकालचौर शाखाले पानी पठाएपछि मात्र ती वितरण केन्द्रले आफ्नो रिजर्भ्वायर ट्याङ्कमा पानी जम्मा गरी उपभोक्ताको धारामा पठाउँछन् । महाँकाल चौर शाखामा आएको पानी उपभोक्ताको धारा र वितरण केन्द्रमा कसरी पठाईन्छ ? पानीको गुणस्तर सुनिश्चितताका लागि के कस्ता विधिहरु अपनाईन्छ ? यसबारे सम्पूर्ण नालीबेली देखाउँदै हुनुहुन्छ, काठमाडौ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) महाँकालचौर शाखाका प्राविधिक प्रमुख ई.हेम बहादुर बुढाथोकी ।


984 पटक हेरिएको 

