काठमाडौ : कौसीमा हरियो तरकारी उब्जाउने काम खेतबारीमा फलाए जस्तो हुँदैन । बारीको भित्री गहिराईसम्म माटो हुने भएकाले लामो समयसम्म चिस्यान रहन्छ । कौसीमा भने सीमित माटोको प्रयोग गरी विभिन्न भाँडाकुँडामा विरुवा लगाईने हुँदा चाँडै सुख्खा हुन्छ ।
माटो नै सुख्खा भएपछि विरुवा सुक्ने सम्भावना धेरै हुन्छ । सुख्खा माटोलाई चिस्यान बनाउन के गर्ने त ? यसको सहज जवाफ छ ‘सिँचाई गर्ने’ । दिनहुँ सिँचाई गर्ने काम पनि त्यत्ति व्यवहारिक नहुन सक्छ । यस्तो अवस्थामा कौसीका विरुवालाई चिस्यान राख्ने अन्य उपाय पनि छन् ।
हिउँदको समयमा पानीको अपुग हुने, बर्षाको समयमा अधिक पानी हुने समस्या कौसी किसानले व्यहोर्दै आएको साझा समस्या हो । यसको सन्तुलन मिलाउन सके उत्पादनमा समेत बृद्धि गर्न सकिन्छ । मध्यपुरथिमी नगरपालिका वडा नंं २ भक्तपुरकी भगवती राजभण्डारीले यी दुवै समस्यालाई हल गर्न एउटै उपाय लगाउदै आउनुभएको छ ।
उहाँले बर्षाको समयमा खेती लगाएको भाँडोलाई प्लाष्टिकले बेर्नुहुन्छ भने हिउँदको समयमा कपडाले बेर्नुहुन्छ । यसले गर्दा चराचुरुङ्गीले दिने दुःख पनि केही हदसम्म कम हुन्छ । तर सबै विरुवाका लागि यो सम्भव छैन । कस्तो खालको विरुवामा यो तरिका अपनाउन सकिन्छ ? उहाँसँग यस्ता धेरै अनुभवहरु छन् ।
विस्तृतमा हेर्नुहोस् यो भिडियो :


1247 पटक हेरिएको 

