धनुषा : धनुषाको क्षिरेश्वरनाथ नगरपालिका स्थित महेन्द्रनगर प्राथमिक स्वास्थ्य केन्द्रले केही समय अघिसम्म कुहिने, नकुहिने र संक्रामक फोहोरहरु एउटै ठाउँमा जम्मा पारेर फालिदिने गरेको थियो । फोहोर जलाउने प्रयोजनका लागि बनाएको इन्सिनेरेटर झाडीले ढाकिसकेको थियो भने सालनाल खाल्डो खनेर पुर्ने गरिएको थियो ।
त्यत्तिबेला कहिलेकाहीं कुकुरले निकालेर गाउँभरि छरिदिने गरेको क्षिरेश्वरनाथ नगरपालिकाको स्वास्थ्य शाखाका सह संयोजक प्रदिप कुमार अधिकारीले बताउनुभयो । त्यत्तिबेला झाडीले ढाकिसकेको इन्सिनेरेटरलाई अहिले मर्मत गरी सुत्केरीको सालनाल हाल्ने प्लासेन्टाको रुपमा परिणत गरिएको छ । पहिलेको चर्पीलाई र्याम्प र रेलिङ हालेर सुधार गरिएको छ । जसले गर्दा अपाङ्गता भएका विरामीहरु समेत चर्पीसम्म सजिलै जान मिल्ने भएको छ ।
पहिले जस्तो सबैखाले फोहोर एकै ठाउँमा पोको पारेर थुपार्ने चलन पूर्ण रुपमा बन्द भएको छ । सबै वार्डमा बेग्लाबेग्लै तीन रङको बकेट राखिएका छन् । तीनै बकेटमा फोहोरलाई बर्गीकरण गरी सोही अनुसार व्यवस्थापन गर्ने गरिएको छ ।
कुनै समय महेन्द्रनगर प्राथमिक स्वास्थ्य केन्द्रमा अहेवका रुपमा कार्यरत अधिकारीको अनुभवमा अहिले प्राथमिक स्वास्थ्य केन्द्रको रुप नै फेरिएको छ । यत्ति छोटो समयमा फोहोर व्यवस्थापन गर्ने शैलीमा कसरी परिवर्तन भयो त ? हेर्नुहोस् यो भिडियो रिपोर्ट :


849 पटक हेरिएको 

