ललितपुरका तीन वटा समुदाय सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा हुँदै

  वास खबर सम्वाददाता  811 पटक हेरिएको

ललितपुर : ललितपुरको वाग्मती गाउँपालिकाका तीन वटा समुदायलाई सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा गरिने भएको छ । वागमती गाउँपालिकाको वडा नंं. २ स्थित १६ घरधुरी रहेको ठूलोभीर, ८६ घरपरिवार रहेको छहरे र ५५ घरधुरीको बगुवा समुदायलाई यही माघ १७ गते सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा गरिन लागेको हो ।

सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा भएपछि ती तीन वटा समुदाय काठमाडौ उपत्यकाकै पहिलो सुरक्षित खानेपानीयुक्त समुदाय बन्नेछन् । तीन वटा समुदायलाई सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा गर्न के कस्ता कार्यक्रमहरु सञ्चालन गरिए ? यसबारे विस्तृत जानकारी दिदै हुनुहुन्छ, शहरी वातावरण व्यवस्थापन समाज (युम्स) की उप कार्यकारी निर्देशक गुहेश्वरी तुलाधर :

युनिसेफ नेपालको आर्थिक सहयोगमा वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) र शहरी वातावरण व्यवस्थापन समाज (युम्स) ले Towars Achieving Resilient and Water safe Urban Communities in Selected areas of Kathmandu Valleyकार्यक्रम सञ्चालन गरिरहेको छ । कार्यक्रम अन्तर्गत ललितपुरको १० वटा समुदायलाई सुरक्षित खानेपानीयुक्त घोषणा गर्ने योजना छ ।

कार्यक्रम ललितपुरको ललितपुर महानगरपालिका, महालक्ष्मी नगरपालिका, गोदावरी नगरपालिका र वागमती गाउँपालिकामा सञ्चालन भईरहेको छ । हालसम्म नेपालका ११६ वटा समुदायलाई सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा गरिएको छ । सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा गर्ने कार्यक्रम दिगो विकास लक्ष्य ६.१ प्राप्तिको लागि महत्वपूर्ण कडी हुने विश्वास गरिएको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार