पुरुषले प्रयोग गर्ने शौचालय यस्तो हुनुपर्छ (भिडियो)

  वास खबर सम्वाददाता  789 पटक हेरिएको
🔗
102
Shares

♦ रामेछाप उमाकुण्ड गाउँपालिका ५ स्थायी घर भई काठमाडौंको बौद्धमा बस्दै आउनुभएकी सुशीला खड्काको गत २०७९ जेठ २८ गते शौचालयमा लडेर ज्यान गयो ।

♦ २०७९ वैशाख १५ गते ओखलढुङ्गा सुनकोशी गाउँंपालिका ९ घर भई भक्तपुरको मध्यपुर थिमि नगरपालिका वडा नं. ३ कौशलटारमा बस्दै आउनु भएका लालबिनोद कटुवालको पनि शौचालयमै लडेर ज्यान गयो ।

बर्षेनी खड्का र कटुवाल जस्ता थुप्रैले शौचालयमा लडेर ज्यान गुमाउँछन् । शौचालय निर्माण गर्दा शौचालयमा हुनुपर्ने न्युनतम कुराहरुमा ख्याल नगर्दा दिसापिसाब गर्न बनाईएको शौचालय काल निम्त्याउने ठाउँ बनिरहेका छन् ।

शौचालयमा हुने दुर्घटनालाई हटाउन पनि शौचालयलाई प्रयोगमैत्री बनाउनुपर्दछ । शौचालय सफा नभएमा कतिपय रोगहरु शौचालयबाटै उब्जिने वा सर्ने भएकाले पनि शौचालय सफा राख्नुपर्दछ ।

सफा त राख्ने, यसका लागि शौचालय भित्र के कस्ता सुविधाहरु राख्नुपर्दछ त ? हेर्नुहोस् यो शौचालयको भिडियो । यो शौचालय तपाई हामीले समेत अबलम्बन गर्न सकिने नमुना शौचालय हुनसक्छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार