सीमा रक्षक देवनारायण सँग खानेपानीका कुरा : ‘हाम्रो दाँत हेर्नुहोस् हामी कस्तो पानी पिईरहेका छौं’

  पी.टी.लोप्चन  1638 पटक हेरिएको

सप्तरी : केही समय अघि खानेपानी, सरसफाइ र स्वच्छता सम्बन्धी रिपोर्टिङको क्रममा वास खबरको टोली सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका पुग्यौं । तिलाठी कोईलाडीमा पुगेर पनि देवनारायण यादवसँग भेट्न पाईएन भने त्यो ऐतिहासिक ठाउँमा पुग्नुको के अर्थ ? त्यसैले हामीले देवनारायण यादवसँग जसरी पनि भेट्ने निधो गर्‍यौं ।

देवनारायण यादव ‘भूमिपुत्र’, ‘सीमा रक्षक’, ‘बीर योद्धा’ जस्ता उपनामले चिनिनुहुन्छ । २०७३ सालको बाढीमा भारतीय पक्षले नेपाली भूमि डुबान हुने गरी खाँडो खोलामा बाँध बनाउँदा उहाँले प्रतिकार गर्नुभएको थियो । भारतीय पक्षसँग लड्दा रगताम्मे हुनुभएका यादवलाई भारतीय पञ्जाबाट छुटाएर काठमाडौको सीता पाइला स्थित मनमोहन मेमोरियल अस्पतालमा उपचार गरिएको थियो । सीमा बचाऔं अभियानको नेतृत्व गर्नुभएका यादवको समर्थनमा त्यत्तिबेला काठमाडौमा लाखौंको सदभाव जुलुस निस्किएको थियो ।

बाँधको बिषयमा सीमामा भएको झडप पछि देवनारायण यादव र उहाँका छोरा अजयलाई एक बर्ष पछि २०७४ असोजमा भारतीय प्रहरीले पक्राउ गर्यो । बाबुछोरालाई नै अपहरणको मुद्दा लगाएर पक्राउ गरेपनि त्यसको अन्तर्निहित तथ्य सीमा बचाऔं आन्दोलनमा लागेर भारतीय पक्षसँग प्रतिकार गरे बापतको बदला नै थियो । बेला बखत भारतीय पक्षले दुःख दिईरहने र अहिले पनि सतर्क भएर हिड्नु परेको यादव बताउनुहुन्छ ।

तिलाठी कोईलाडीमा सीमाको समस्या जत्ति छ, त्यो भन्दा बढी खानेपानीको समस्या छ । खानेपानीको कुरा गर्दा उहाँले दाँत देखाउँदै भन्नुभयो ‘हाम्रो दाँत हेर्नुहोस् हामी कस्तो पानी पिईरहेका छौं, थाहा पाउनुहुन्छ ।’ हामीले उनै सीमा रक्षक देव नारायण यादवसँग खानेपानीको बिषयमा कुराकानी गरेका छौं ।

विस्तृतमा हेर्नुहोस् यो भिडियो :


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार