केयूकेएलले वितरण गर्ने खानेपानीको गुणस्तरमा किन उठ्छ प्रश्न ? (भिडियो)

एस.आर.टी.बाट गुणस्तर सुनिश्चित गरेर मात्र पठाएका हुन्छौं : केयूकेएल

  वास खबर सम्वाददाता  663 पटक हेरिएको

काठमाडौ : २०७९ असार ४ गते काठमाडौंको बागबजारमा बस्दै आएका दिदी बहिनीमा हैजा पुष्टि भयो । अध्ययनका क्रममा खानेपानीमा इकोलीको मात्रा अत्याधिक भेटियो । उनीहरुले काठमाडौ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) बाट वितरण गरिएको पानी उपभोग गर्दै आएका थिए ।

केही समय अघि मात्र पनि काठमाडौ उपत्यका खानेपानी लिमिटेडको केही सर्भिस रिजर्भ्वायर ट्याङ्क (SRT) हरुको पानीको नमुना परिक्षण गर्दा इकोली भेटिएको खबर सार्वजनिक भयो । यद्यपि केयूकेएलले वितरण गरिएको पानीको समयमा – समयमा प्रयोगशाला परिक्षण भईरहने र पिउन योग्य पानी मात्र वितरण गरिरहेको दाबी गर्दै आएको छ । केयूकेएलका २ लाख ४५ हजार सेवाग्राही छन् ।

केही दिन अघि मात्र आयोजना कार्यान्वयन निर्देशनालय (पिआईडी) ले एक पत्रकार सम्मेलनको आयोजना गरेको थियो । पिआईडीका आयोजनाका निर्देशक ई.राजेन्द्र सापकोटा सहित काठमाडौ उपत्यका खानेपानी लिमिटेडका प्रबन्धक एवं प्रवक्ता प्रकाश राई र केयूकेएलका अन्य जिम्मेवार अधिकारीहरु सम्मिलित पत्रकार सम्मेलनमा हामीले केयूकेएलको पानीको गुणस्तर माथि बेला बेलामा उब्जिने प्रश्न र गुणस्तर सुनिश्चितताका लागि केयूकेएलले गर्दै आएको कामका बिषयमा सोधेका छौं ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार