मेयरसँग वास वार्ता : वास प्लानको कार्यान्वयन पछि नगरपालिकामा लगानी भित्रिन थाल्यो

वास क्षेत्रको कार्यान्वयनको लागि वास एकाई स्थापना

  वास खबर सम्वाददाता  562 पटक हेरिएको

सुर्खेत : सुर्खेतको भेरीगंगा नगरपालिकाले खानेपानी, सरसफाइ र स्वच्छता योजना (वास प्लान) कार्यान्वयन गरेपछि यस क्षेत्रमा लगानी भित्रिन थालेको छ । वास प्लान निर्माण गरी कार्यान्वयन भएपछि दुई वटा संस्थाबाट लगानीको प्रस्ताव आएको भेरीगंगा नगरपालिकाका मेयर यज्ञप्रसाद ढकालले बताउनुभयो ।

भेरीगंगा नगरपालिकाले वास प्लानको कार्यान्वयनको लागि खानेपानी र सरसफाइ एकाई समेत स्थापना गरेको छ । भविश्यमा उक्त एकाईलाई शाखाको रुपमा रुपान्तरण गर्ने नगरपालिकाको योजना छ । हामीले भेरीगंगा नगरपालिकाका मेयर यज्ञप्रसाद ढकालसँग नगरपालिकाको खानेपानी, सरसफाइ र स्वच्छताको अवस्था, वास प्लान निर्माण भएपछि खानेपानी, सरसफाइ र स्वच्छता क्षेत्रको विकासको लागि भएको सहजता र नगरपालिकाको आगामी योजनाका बिषयमा कुराकानी गरेका छौं ।

विस्तृतमा हेर्नुहोस् यो भिडियो :

भेरीगंगा नगरपालिकाको वास प्लान निर्माणका लागि सिमाभि र वास एलायन्स इन्टरनेसनल (WAI) द्वारा सञ्चालित वास दिगो विकास लक्ष्य कार्यक्रम (WASH SDG Programme) ले सहजीकरण गरेको हो । वास एलायन्स इन्टरनेसनलले सुर्खेतको भेरीगंगा नगरपालिका र बराहताल गाउँपालिकामा वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) को साझेदारीमा वास दिगो विकास लक्ष्य कार्यक्रम (WASH SDG Programme) कार्यान्वयन गरिरहेको छ । सन् २०१८ देखि एन्फोले विभिन्न कार्यक्रमहरु सञ्चालन गरी खानेपानी, सरसफाइ र स्वच्छताको प्रबर्द्वनका लागि नगरपालिकालाई सवल बनाउने काम गरिरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार