तहगत अनुगमनले ‘विद्यालय खानेपानी, सरसफाइ कार्यक्रम’ को गुणस्तर बढायो (भिडियो)

  वास खबर सम्वाददाता  429 पटक हेरिएको

मधेस प्रदेश : मधेस प्रदेशको विभिन्न जिल्लाका सामुदायिक विद्यालयहरुमा सञ्चालित ‘विद्यालय खानेपानी, सरसफाइ तथा स्वच्छता’ (WASH in School) कार्यक्रम अन्तिम चरणमा पुगेको छ ।

विद्यालयमा आवश्यक स्वच्छ खानेपानीको व्यवस्था, बालमैत्री धारा र हात धुने स्टेशन, छात्रछात्रामैत्री शौचालय, अपाङ्गतामैत्री शौचालय तथा महिनावारी स्वच्छता व्यवस्थापन लगायत सुविधा उपलब्ध गराएपछि ‘विद्यालय खानेपानी, सरसफाइ तथा स्वच्छता कार्यक्रम’ बाहिरिने चरणमा पुगेको हो ।

सामुदायिक विद्यालयको खानेपानी, सरसफाइ र स्वच्छताको अवस्था सुधार गर्ने हेतुले युनिसेफ नेपालले विभिन्न संघसंस्थाको साझेदारीमा मधेस प्रदेशका विभिन्न विद्यालयमा ‘विद्यालय खानेपानी, सरसफाइ तथा स्वच्छता कार्यक्रम’ कार्यान्वयन गरिरहेको छ । जस अन्तर्गत छा-याँ नेपाल र पिपुल्स प्रमोट सेन्टर (पिपिसी) धनुषाले मधेस प्रदेशको बारा र रौतहटका २२ वटा सामुदायिक विद्यालय र उदार करुणामयी स्वयंसेवक (एनसीभी) ले सप्तरीको कञ्चनरुप नगरपालिकाको ५ वटा विद्यालय, सिरहाको धनगढीमाई नगरपालिकाको ७ वटा विद्यालय, महोत्तरीको मनरासिसवा नगरपालिकाको ५ वटा विद्यालय र धनुषाको मिथिला नगरपालिकाको ६ वटा गरी २३ वटा विद्यालयमा ‘विद्यालय खानेपानी, सरसफाइ तथा स्वच्छता कार्यक्रम’ सञ्चालन गरिररहेको छ ।

कार्यक्रम अन्तर्गत निर्माण गरिएका संरचनाहरुको तीन तहको अनुगमन पूरा गरिएको र सम्पन्न भएका संरचनाहरु गाउँपालिका/नगरपालिका र सम्बन्धित विद्यालयलाई हस्तान्तरण गर्ने तयारी रहेको पिपिसी धनुषाका अध्यक्ष कमलेश कुमार मण्डलले बताउनुभयो ।

अध्यक्ष मण्डलसँग विद्यालय खानेपानी, सरसफाइ र स्वच्छता (वास इन स्कुल) कार्यक्रमले सामुदायिक विद्यालयको खानेपानी, सरसफाइ र स्वच्छता अवस्था सुधारका लागि गरिएका क्रियाकलाप, विद्यालयमा निर्मित पूर्वाधारहरुको गुणस्तर र दिगोपनाका लागि अबलम्बन गरिएको विधि, कामको गुणस्तरमा अनुगमनको महत्व लगायत बिषयमा भिडियो सम्वाद गरेका छौं ।

विस्तृतमा हेर्नुहोस् यो भिडियो :

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार