विद्यालय वास कार्यक्रम अन्तर्गत निर्माण भएका संरचना विद्यालयलाई हस्तान्तरण

  वास खबर सम्वाददाता  1499 पटक हेरिएको

रौतहट : मधेस प्रदेशको बारा र रौतहट जिल्लाका सामुदायिक विद्यालयहरुमा सञ्चालित ‘विद्यालयमा खानेपानी, सरसफाई तथा स्वच्छता कार्यक्रम (WASH in School Programme) अन्तर्गत निर्माण भएका संरचना सम्बन्धित विद्यालयलाई हस्तान्तरण गरिएको छ । रौतहटको चन्द्रपुरमा एक कार्यक्रमको आयोजना गरी चन्द्रपुर नगरपालिकाकी उपप्रमुख जयमाला कुमारी चौधरी तथा अन्य जनप्रतिनिधीको रोहबरमा सम्बन्धित विद्यालयलाई हस्तान्तरण गरिएको हो ।

विस्तृतमा हेर्नुहोस् यो भिडियो :

छायाँ नेपाल र पिपुल्स प्रमोट सेन्टरले युनिसेफ नेपालको सहयोगमा बारा र रौतहटको ४ वटा नगरपालिकाका २२ वटा सामुदायिक विद्यालयमा ‘विद्यालयमा खानेपानी, सरसफाइ र स्वच्छता कार्यक्रम’ सञ्चालन गरिरहेको छ । कार्यक्रम अन्तर्गत २२ वटै विद्यालयमा बालमैत्री, अपाङ्गतामैत्री तथा छात्रामैत्री शौचालयको मर्मत सम्भार तथा निर्माण, उचाई अनुसारको पानी पिउने र हात धुने धाराको निर्माण, स्यानिटरी प्याड व्यवस्थापन, बगैंचा व्यवस्थापन, बाल क्लव गठन, बाल क्लव, वास फोकल शिक्षक तथा कार्यालय सहयोगीको क्षमता विकास, वास कर्नरका लागि आवश्यकीय सरसफाइ र तथा स्वच्छता सामग्रीहरु वितरण लगायत काम गरिएको छायाँ नेपालका टिम लिडर राम महर्जनले बताउनुभयो ।

११ हजार १ सय ९० जना लाभान्वित

विद्यालय खानेपानी, सरसफाइ तथा स्वच्छता कार्यक्रमबाट ५ हजार ९ सय ३० जना महिला र ५ हजार २ सय १० पुरुष तथा २८ जना अपाङ्गता भएका व्यक्ति सहित ११ हजार १ सय ९० जना लाभान्वित भएको टिम लिडर महर्जनले जानकारी दिनुभयो ।

२२ वटै विद्यालयमा गरी २ करोड ४५ लाख ७५ हजार ८ सय रुपैयाँ लगानी भएको छ । ती मध्ये १ करोड ९ हजार ६५ लाख रुपैयाँ क्षमता विकास, तालिम, गोष्ठीमा खर्च भएको छ भने १ करोड ३६ लाख १० हजार ८ सय रुपैयाँ पूर्वाधार विकासको काममा लगानी भएको छ ।

उहाँका अनुसार खर्च भएको कुल रकम मध्ये ८०.५७ प्रतिशत अर्थात १ करोढ ९८ लाख ६ सय रुपैयाँ युनिसेफ नेपालले अनुदान उपलब्ध गराएको छ भने ४४ लाख ६० हजार (१२.१४ प्रतिशत) पालिकाहरुले लागत साझेदारी गरेका छन् । २४ लाख ५२ हजार २ सय रुपैयाँ स्कुल समुदायको योगदान रहेको छ ।

१३ वटा विद्यालयलाई तीन तारा

विद्यालय खानेपानी, सरसफाइ र स्वच्छता कार्यक्रम सञ्चालित २२ वटा विद्यालय मध्ये १३ वटा विद्यालयलाई तीन तारा र ९ वटा विद्यालयलाई दुई तारा प्रदान गरिएको छ । ‘विद्यालय खानेपानी, सरसफाइ तथा स्वच्छता कार्यविधि’ को मापदण्ड बमोजिम सबै सूचक पूरा गरेका विद्यालयलाई तीन तारा प्रदान गरिएको हो ।

१.जनता आधारभूत स्कुल, पिप्रा बारागढी

२. नेपाल राष्ट्रिय मध्यामिक विद्यालय सिहसनी

३. श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय मलही

४. श्री जनता माध्यमिक विद्यालय बुधगाई

५. श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय कन्चनपुर

६. नेपाल राष्ट्रिय आधारभूत स्कुल नितनपुर

७. नेपाल राष्ट्रिय आधारभूत स्कुल चकरी

८. श्री महेन्द्र माध्यमिक विद्यालय रैयाटोल

९. श्री माध्यमिक विद्यालय जुडिबेला

१०. श्री माध्यमिक विद्यालय, डुमरिया

११. श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय खौराह, सल्यानपुर

१२. श्री माध्यमिक विद्यालय, चिकना

१३. श्री जगदम्बा आधारभूत स्कुल जेठरिया

 

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार